वशन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले एमालेलाई बढार्ने घोषणा गरेका छन्। बुधबार सन्धिखर्कमा पँच दलको संयुक्त बैठकमा नेताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा गठबन्धनका नेताहरुरूले प्रतिगमन र तनाशाहका विरुद्धमा कुनै पूर्वाग्रह नराखी एकजुट हुने प्रतिबद्धता पनि जनाए ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बैठकलाई सम्बोधन गर्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन बनेको उल्लेख गर्दै प्रतिगामी शक्तिलाई बढार्न र देशलाई थितीमा चलाउन आगामी निर्वाचनमासमेत सहकार्य गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्वजिल्ला सभापति कमल प्रसाद भुसाल, माओवादी केन्द्रकी शुशिला श्रीपाली, एकीकृत समाजवादीका राम बहादुर चौहानलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेर बहादुर बिसिलगायत पाँच वटै दलका नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।
आगामी स्थानीय निर्वाचनमा सहकार्यको घोषणा गरेका पाँच राजनीतिक दलहरुले अर्घाखाँचीका विभिन्न स्थानीय तहमा संयुक्त कार्यक्रम गरिरहेका छन् ।