प्यूठान । राष्ट्रिय जनमोर्चा, स्वर्गद्वारी नगरपालिका–५ को चुनावी भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । मंगलबार प्रशिक्षणात्मक अगुवा कार्यकर्ता तथा चुनावी भेला सम्पन्न भएको हो ।
Advertisement
भेलामा प्रमुख अतिथि अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, अतिथिहरु राजमो जिल्ला सचिवालय सदस्य तथा–२ का वडा अध्यक्ष मिनराज राना, जिल्ला सदस्य गिरबहादुर गुरुङ्ग, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिमबहादुर थापा, दक्षिण भारत क्षेत्रीय सदस्य रिखेन्द्र बिसी, जनजाती सम्मेलन प्यूठान जिल्ला सदस्य, केशवबहादुर जिएम, नगर सदस्य मोहनलाल गोराथोकी, शिव पन्थी, जीवलाल बिसी लगाएत विभिन्न जनवर्गीय मोर्चा र संगठनका सदस्यहरू रहनुभएको थियो ।
वडा अध्यक्ष खेरतुलाल राउको अध्यक्षता, सचिव गंगाराम बिसीको सञ्चालन तथा बिना पार्धेले स्वागत गर्नुभएको थियो ।