महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ७ मा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ ।
Advertisement
शनिबार सम्पन्न भेलाले हरिना भण्डारीको अध्यक्षतामा वडा समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेन्द्र भट्ट, सचिव नरेन्द्र बहादुर चन्द, सदस्यहरुमा चन्द्रादेवी भट्ट, अम्बिका विष्ट, हिमा देवी र संगीत चन्द्र रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरको विशेष पहलमा सो भेला सम्पन्न भएको थियो ।