हरि प्रसाद सापकोटा, बारा ।
राष्ट्रिय जनमोर्चा, बाराको चुनावी भेला सम्पन्न भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन तयारीका क्रममा भएको भेलाले प्रचार प्रसार समिति गठन गरेको छ ।
जितपुर सिमरा उप–महानगरपालिका वार्ड नं.१४ मा रहेको जन कल्याण मन्चको सभाहलमा सम्पन्न भेलालाई राजमोका वैकल्पिक केन्द्रीय सदस्य धर्मानन्द सुवेदीले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता रमेस भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य बालकृष्ण आचार्य, शिक्षक संघका केन्द्रीय सदस्य हरि प्रसाद सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका परिषद सदस्य यमबहादुर केसी, युवक संघका जिल्ला अध्यक्ष कूल प्रसाद आचार्य, महिला संघका जिल्ला अध्यक्ष सुमित्रा सापकोटा, किसान संघका नारायण आचार्यले भेला सफलताको सुभकामना दिनु भएको थियो।
भेला जिल्ला अध्यक्ष जीवन कुमार भट्टराईको अध्यक्षता तथा शेर बहादुर केसीको सञ्चानमा सम्पन्न भएको थियो ।भेलाले जीवन कुमार भट्टराईको नेतृत्वमा ८० सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।
समितिमा बाल कृष्ण आचार्य, सृजना शर्मा, गुमा पौडेल, हेमा केसी, कूल प्रसाद आचार्य, बृज लाल चौधरी, शिव खड्का, कासिराम पाध्य, सरस्वती पाध्य, गेना साह, पारस ठाकुर, देबि आचार्य, धर्मानन्द सुवेदी, बुद्धि पौडेल, रामजी न्यौपाने, प्रेम भन्डारी, जगत चौधरी, राम कुमार चौधरी, गंगा भट्टराई, होमनाथ अधिकारी, सन्ध्या भट्टराई, सीता सार्की, सुवर्ण भट्टराई, मणि पौडेल, पूर्ण पौडेल, चन्द्र कला सुवेदी, सीता केसी, कोपिला भट्ट, मन्जु केसी, देवराज चौधरी, हरि प्रसाद सापकोटा, तारा देवी क्षेत्री, राम प्रसाद पोख्रेल, चुडामणि पौडेल, कलाधर सापकोटा, यमबहादुर केसी, खगेश्वर सापकोटा, हेमा केसी, टंक सापकोटा, सरस्वती कार्की, यदु सापकोटा, शान्ति उप्रेती, टंक राज ढकाल, हरि पौडेल, मित्र शर्मा, पुस्पा आचार्य, गोबिन्द आचार्य, सान्ताराम खनाल, बलबहादुर परियार रहनुभएको छ ।
यसैगरी बिष्णु आचार्य, अमृत आधिकारी, राजेस पौडेल, लक्ष्मी सुवेदी, चित्र केसी, राजेन्द्र थापा, हरि पौडेल (सिमरा), नारायण आचार्य, हेम राज पौडेल, मोहराज पौडेल, तिलक पौडेल, नरबहादुर केसी, दिनानाथ शर्मा, राधिका सुवेदी, हरिकला पाध्या, जिवनाथ जैसी, गुमा पौडेल (औराहा), चन्दकला पौडेल, खुम राज पौडेल, पारस ठाकुर, सत्यन्द्र चौधरी, खगेन्द्र ठाकुर, सुशील नेपाल, मिश्रीलाल महतो, भोला प्रसाद चौधरी, लक्ष्मी पास्वान, पर्शुराम महतो, हृदय नारायण महतो, कृष्ण झा, उमासङ्कर महतो र दीपक केसी रहनुभएको छ ।
कार्यक्रमलाई महिला नेतृ तथा राजमो जिल्ला कोषाध्यक्ष गोमा पौडेलले स्वागत गर्नु भएको थियो भने यम केसी र सुमित्रा सापकोटाले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।