जगदीश ढकाल, नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चा बाँकेले २०७८ फागुन २९ गते आइतबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ को वडा भेला भवानियापुरमा सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा सांसद हरि आचार्यले देशमा राष्ट्रियताको सवाल अत्यन्त गम्भीर भएकाले देशभक्त जनता चनाखो भएर राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ सङ्घर्षमा उत्रिनु आजको आवश्यकता भए बताउनुभएको थियो ।
उहाँले एम.सी.सी. राष्ट्रका लागि घातक भएकाले नेपाली जनताको आन्दोलनले त्यसलाई खारेज गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
भेलालाई अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार मोमिना खातुन, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, तराई–मधेस जनवादी मोर्चाका वैकल्पिक केन्द्रीय सदस्य रामसगर चमारलगाएतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
उद्घाटन समारोहको अध्यक्षता रामप्रसाद चमारले र सञ्चालन जगदीश ढकालले गर्नुभएको थियो ।
भेलाले रामप्रसाद चमार अध्यक्ष, सम्पत सिंह उपाध्यक्ष, शिवराज गिरी सचिव, जगदीश यादव कोषाध्यक्ष तथा २७ सदस्यसहितको राष्ट्रिय जनमोर्चाको वडा समिति चयन गरेको छ ।
