नेपालगञ्ज । जातीय समता समाज, नेपालगञ्ज उपमहानगरपालिका–१४ को वडा भेला २०७८ फागुन २९ गते आइतबार भवानियापुरमा सम्पन्न भएको छ ।
भेलाको प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार तथा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव तथा सांसद हरि आचार्य हुनुहुन्थ्यो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका महासचिव तुलसीराम सापकोटा, राजमो केन्द्रीय सल्लाहकार मोमिना खातुन, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, राजमो बाँकेका अध्यक्ष भीमप्रसाद देवकोटा, तराई–मधेस जनवादी मोर्चाका वैकल्पिक केन्द्रीय सदस्य रामसागर चमारलगायतका आतिथ्य रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनारले जातीय भेदभाव, दमन, अन्याय, अत्याचारका विरुद्ध दलित समुदाय आफै एकजुट भई सङ्घर्षमा उत्रनुपर्ने आवश्यकता औल्याउनुभएको थियोे ।
भेलाबाट रामप्यारे कोरीको अध्यक्षतामा उपाध्यक्ष पार्वती खटिक, सचिवमा रामविलास कोरी, कोषाध्यक्षमा सितला खटिक, सहसचिवमा शम्भुप्रसाद पासी तथा २९ सदस्यसहितको वडा समिति गठन गरिएको छ ।
भेलाको अध्यक्षता रामप्रसाद चमारले गर्नुभएको थियो ।