काठमाडौँ । आठ राजनीतिक दलहरूले एम.सी.सी. को विरुद्धमा फागुन १६ गते नेपालबन्द गर्ने भएका छन् । त्यसको तयारीस्वरूप फागुन १५ गते साँझ देशव्यापी रूपमा मसाल जुलुसको आयोजना गरिएको छ ।
Advertisement
२०७८ फागुन १५ गते प्रेसविज्ञप्ति जारी गर्दै आठदलीय सहकार्यले सो जानकारी दिएका हुन् ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लव पक्ष, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा (माओवादी केन्द्र समाजवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले आयोजना गरेका हुन् ।
