कमल पौडेल, प्युठान ।
अखिल नेपाल युवक संघ, प्युठानले आज (बुधबार) साँझ मसाल जुलुश प्रदर्शन गरेको छ ।
Advertisement
अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट पास गर्न लागिएको विरोधमा युवक संघले मसाल जुलुश प्रदर्शन गरेको हो ।
मसाल जुलुशपछि आयोजित कोणसभामा युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेल, अखिल (छैटौं) का महासचिव सुवास जिसिले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैटौं) का जिल्ला अध्यक्ष नविन केसीले गर्नु भएको थियो ।
यता, युवक संघले मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानालाई विप्लवका कार्यकर्ताले दुर्व्यवहार गरेकोप्रति पनि विरोध गरेको छ । कोणसभामा बोल्ने वक्ताहरुले मित्रशक्तिसँगको व्यवहार सुधार्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेका थिए ।
(*समाचारमा यसअघिको शिर्षक असान्दर्भिक भएकोमा सच्याइएको छ– सम्पादक)