• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

चन्दा नदिएको झोकमा विप्लव कार्यकर्ताले दले गाउँपालिका अध्यक्षलाई मोसो, राजमोको आपत्ति


  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले तोकिएको जति चन्दा नदिएको भन्दै प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानालाई कालोमोसो दलेका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित गाउँपालिका अध्यक्ष रानालाई २/३ जनाको समूहमा आएका विप्लव कार्यकर्ताले एक्कासी मोसो दलेर फरार भएका थिए ।

    Advertisement

    मल्लरानी गाउँपालिका–५ सरङकोटस्थित भूमि विकास आधारभूत विद्यालयको पठनपाठनमा सहजीकरण गर्नका लागि छलफल चलिलरहेका बेला एक्कासि नेकपा विप्लव समूहका कार्यकर्ताहरूले आतङ्क सिर्जना गर्दै पालिका अध्यक्ष अमरध्वज राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका एकाइ प्रमुख शिवराज पण्डितलाई कालो मोसो दलेका थिए ।

    राजमो प्युठानद्वारा भर्त्सना
    तोकिएको चन्दा नदिएको नाममा गाउँपालिका अध्यक्षसहितका कर्मचारीलाई नेकपा विप्लव समूहले कालो मोसो दलेपछि राष्ट्रिय जनमोर्चा प्युठानले त्यसको भत्र्सना गरेको छ । त्यसका साथै राजमो प्युठानले विप्लव पक्षलाई उक्त कार्य तत्कालै रोक्न चेतावनीसमेत दिएको छ । राजमो प्युठानका अध्यक्ष कृष्णबहादुर खड्काको हस्ताक्षरमा २०७८ फागुन ९ गते जारी प्रेसवक्तव्यमा यस्तो चेतावनी दिइएको हो ।

    यस्तो प्रेसवक्तव्यको पूर्ण पाठ :
    “हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव एवम् हाम्रो पार्टीको तर्फबाट मल्लरानी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कमरेड अमरध्वज रानासमेतलाई नेकपा विप्लव समूहले आज दिउसो हातपात गर्दै कालो मोसो दलेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।

    विप्लव समूहले विभिन्न निराधार र कपोलकल्पित आरोप लगाउँदै निज समूहले तोकेको चन्दा नदिएकोमा पूर्वाग्रह साधी क। अमरध्वज रानासमेत मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका एकाइ प्रमुख शिवराज पण्डितलाई कालो मोसो दल्ने कार्य भएको छ । सो कार्यको हामी घोर निन्दा गर्न चाहान्छौँ ।

    प्युठान जिल्ला मल्लरानी गाउापालिका–५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयको पठनपाठन सहजीकरणका लागि मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, विभिन्न शिक्षक सङ्गठनका प्रतिनिधि, सो विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र आम अभिभावकको उपस्थितिमा छलफल भइरहेको समयमा विप्लव समूहले आतङ्क सृजना गरी हाम्रो पार्टीका जिम्मेवार व्यक्ति र कर्मचारीमाथि कालो मोसो दली अपमानजनक र अमानवीय कार्य गरेको छ ।

    उक्त कार्य नेकपा विप्लव समूहको जिल्लाको योजना र निर्देशनमा नै भएको कुरा निज समूहको जिल्ला समितिले निकालेको वक्तव्यबाट प्रष्ट भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्ध आन्दोलन चलिरहेको र सो आन्दोलनमा कार्यगत एकता गरी आन्दोलन गरिरहेको सहयात्री दलबाटै झुटा आरोप लगाउँदै हाम्रा नेतामाथि भएको आक्रमण अत्यन्तै दुखद, निन्दनीय एवम् भत्र्सनायोग्य रहेको छ । नेकपा विप्लव समूहको उक्त गलत कार्यप्रति हामी खेद प्रकट गर्दै आफ्ना गलत कार्य तत्काल रोक्न हामी चेतावनी दिन चाहन्छौँ ।”

    अखिल (छैठौं) र युवक संघद्वारा चेतावनी
    तोकिएको चन्दा नदिएकोमा प्युठान मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका निर्वाचित अध्यक्षसहितलाई कालो मोसो दलेको विषयमा अखिल (छैठौं) जिल्ला समिति र अखिल नेपाल युवक सङ्घ झिमरुक गाउँ समितिले भत्र्सना गरेका छन् । अखिल (छैठौं) प्युठानका अध्यक्ष नवीन केसी र युवक सङ्घ झिमरुकका अध्यक्ष भरत ढकालले २०७८ फागुन ९ गते नै प्रेसवक्तव्य जारी गर्दै विरोध गरेका हुन् ।

    “आज मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानालाई विप्लव समूहका कार्यकर्ता बताउने २/३ जना लठैतहरूले चन्दा नदिएको आरोपमा गरेको दुव्र्यवहारप्रति अखिल (छैठौं) जिल्ला समिति प्युठानको गम्भीर ध्यान आकर्षण भएको छ” अखिल (छैठौं) जिल्ला समितिको वक्तव्यमा भनिएको छ– “शैक्षिक संस्थाभित्र पसेर विद्यार्थीलाई तर्साउने, शिक्षक, अभिभावकलाई धम्काउने, डाँका र गुन्डागर्दी शैलीमा स्कुलमा आतङ्क मच्चाउने विप्लव माओवादी कार्यकर्ताको हामीले घोर भत्र्सना गर्दै अपराधीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न प्रशासनसित हार्दिक अनुरोध गर्दछौँ ।”

    वक्तव्यमा अगाडि भनिएको छ– “यस प्रकारका गतिविधि तुरुन्त रोकी शैक्षिक स्थलमा भएको उक्त अपराधिक घटनाको माफी नमागे अखिल (छैठौं) ले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिन चाहान्छौँ ।”

    त्यस्तै, अखिल नेपाल युवक सङ्घ झिमरुकको वक्तव्यमा भनिएको छ– “हामीले उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीलाई तुरुन्त पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासनसित हार्दिक अनुरोध गर्दछौँ ।”

     

    सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.