माधव खनाल, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका–१ को आयोजनामा जुद्धबहादुर बैजालीको निधन भएको एघारौँ दिनमा उहाँकै निवास आमडाँडामा २०७८ फागुन ८ गते श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
अखिल नेपाल जनजाति सम्मेलनका महासचिव तथा प्युठान मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सभामा राजमो अर्घाखाँचीका सदस्य मेघराज खनाल, राजमो भूमिकास्थान नगर सदस्य बाबुराम खनाल, राजमो नगर सदस्य तथा वडा नं. २ का अध्यक्ष बुद्धिबहादुर थापा, राजमो नगर सदस्य तथा वडा नं. १ का अध्यक्ष भोजराज खनाललगायतले शोक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम बैजालीका जेठा छोरा हुमानसिंह बैजालीको अध्यक्षता तथा माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
जुद्धबहादुर बैजालीको गत माघ २७ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । उहाँका श्रीमती, दुई छोरा, दुई बुहारी, एक छोरीज्वाइँ र नातिनातिना हुनुहुन्छ ।