• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देउवा र ओलीलाई मिलाएर एम.सी.सी. पास गर्ने प्रयास : केसी


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एम.सी.सी. पास गराउन अमेरिका लागि परेको बताउनुभएको छ । उहाँले एम.सी.सी. पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाइरहेको दाबी गर्नुभयो ।

    Advertisement

    अध्यक्ष केसीले अमेरिकाले अहिले एम.सी.सी. पास गराउने विषयमा राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताउँदै माओवादी र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अहिले अमेरिका एमालेको पछि लागेको दाबी गर्नुभयो। उहाँले वामपन्थीकै कारण एम.सी.सी. पास हुने खतरा रहेकाले नेपाली जनता सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    नेसनल मल्टिपर्पोज इन्भेस्टमेण्ट कम्पनी प्रालिको २०७८ फागुन ७ गते शनिबार बुटवलमा आयोजित साधारण सभामा बोल्दै अमेरिकन लगानी एम.सी.सी. ले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताउनुभयो ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले अमेरिकी जासुस नेपाल आएर नेपालीलाई फकाइरहेको दाबी गर्दै सत्ता चलाउनेहरू बिकिसकेको दावी गर्नुभयो । सत्ता चलाउनेहरूको असक्षताका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको उल्लेख सत्ता चलाउनेहरूले विदशी शक्तिकेन्द्रसँग दलाली गरिरहेको आरोप लगाउनुभयो ।

    उहाँले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई कमजोर बनाइएकाले देश विघटनको अवस्थातिर गएको बताउनुभयो । नेपालको प्राकृतिक सम्पदा र जलश्रोतमाथि विदेशीको हस्तक्षेप भएकाले देश आर्थिक रूपले सङ्कटमा परेको उहाँको भनाइ थियो ।

    देशको राष्ट्रिय पुँजीलाई संरक्षण गरी दलाल पुँजीलाई विस्थापित गर्नुको विकल्प नभएको उल्लेख गर्दै निजीकरण र उदारीकरणले अर्थतन्त्र ध्वस्त भएको तर्क गर्नुभयो ।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका संस्थापक अध्यक्ष भैरवराज रेग्मीले देशलाई आर्थिक रूपले बलियो बनाउन राष्ट्रिय अर्थतन्त्रको संरक्षण गरी राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताउनुभयो । सामूहिक लगानीको उत्पादनबाट राष्ट्रिय पुँजी बढाउनुपर्ने बताउंदै राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको विस्थापित नगरेसम्म देश समाजवादमा जान नसक्ने तर्क गर्नुभयो ।

    कार्यक्रममा ऋतु केसी, लक्ष्मणदेव पाण्डे, उमलाल बञ्जाडे, पदम श्रेष्ठ, कृष्णभक्त गिरी, सविन अर्गेजा, भागिरथ शर्मा, गोविन्दप्रसाद पौडेललगायतले नेपालको अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकासबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता, ढाकाराम पौडेलको सञ्चालन र सञ्चालक ऋतु केसीको स्वागतमा कार्यक्रम भएको थियो ।

    नेसनल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्रालिको २०७३ सालमा स्थापना गरिएको हो । नेपालमा सामूहिक लगानी गर्नुपर्छ भन्ने भावनाको विकास गरी सोही लगानीबाट उत्पादन गरी देशलाई आत्मनिर्भर गराउने प्रालिको मुख्य उद्वेश्य बताइएको छ ।

    आयोजकले जनाएअनुसार प्रालिमा अहिले ५७ जनाको लगानी रहेको छ ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.