तानसेन । पाल्पामा एम.सी.सी. विरुद्ध ६ दलले २०७८ फागुन ६ गते कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
तानसेनको बर्तुङचोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामी देश बचाउनका लागि सम्पूर्ण देशभक्तहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेता दर्लामीले नेपाली काङ्ग्रेससहितका दलले एम.सी.सी. पास गर्न लागेकोमा आपत्ति जनाउनुभयो ।
एमाले कम्युनिस्टको नाम राखेको भए पनि एम.सी.सी. अगाडि बढाउन चाहेकोमा उहाँले विरोध व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य लङ्कबहादुर रानाले गर्नुभएको थियोे भने कार्यक्रम प्लेकार्डसहित नेता कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको भनेर नाराबाजी पनि गरिएको थियोे ।