• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गठबन्धन जोगाउनकै लागि एमसीसी स्वीकार गर्न हुँदैन : अध्यक्ष केसी


  •   मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा स्वीकार गर्न नहुने दोहोर्याउनुभएको छ । सत्ता गठबन्धन दलहरुबीच एमसीसी अघि बढाउने सहमति भएको भन्ने चर्चाबीच अध्यक्ष केसीको यस्तो प्रतिक्रिया आएको हो ।

    Advertisement

    ‘गठबन्धन टुट्छ कि भनेर राष्ट्रघाती सम्झौतालाई स्वीकार गर्न हुन्छ ?’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ ।’

    केसीले माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अघि बढाउन सहमत हुने कुरामा आफूलाई विश्वास नलागेको बताउनुभयो । उनीहरुले परिमार्जन नगरी स्वीकार गर्न नहुने बताइरहेको र अमेरिका त्यसका सर्तहरुलाई परिमार्जन गर्न तयार नभएका कारण एमसीसी अघि नबढ्ने केसीको विश्वास छ ।

    एमसीसीका राष्ट्रघाती प्रावधानबारे धेरै कुरा बाहिर आइसकेको र जनताले खबरदारी गरिरहको अवस्थामा चुनाव र गठबन्धनलाई मात्रै हेरेर माओवादी तथा एकीकृत समाजवादीले एमसीसी स्वीकार गर्ने कुरामा विश्वास गर्न नसकिने केसीको भनाई छ ।

    केसीले भन्नुभयो, ‘माओवादी र एकीकृत समाजवादीले परिमार्जन नगरी एमसीसी पास गर्न हुँदैन भन्दै आएका छन् । अमेरिकाले यसलाई परिमार्जन गर्न सकिँदैन भनेर स्पष्ट भनिसकेको छ । त्यसकारण उनीहरु गठबन्धन जोगाउनकै लागि यसलाई यही अवस्थामा अघि बढाउन तयार हुन्छन् जस्तो लाग्दैन ।’

    अध्यक्ष केसीले केपी ओली र शेरबहादुर देउवाबीच भने एमसीसीको विषयमा सहमति हुनसक्ने बताउनुभयो । कांग्रेस र एमाले दुवै दल एमसीसीको पक्षपति भएका कारण उनीहरुबीच गठजोड भएका त्यो अनौठो नहुने केसीको भनाई थियो । पाँच दलीय गठबन्धन तोड्न देशी विदेशी शक्तिहरु लागिरहेको सन्दर्भमा गठबन्धन टुटेर कांग्रेस, एमाले एक भए त्यो खासै नौलो कुरा नहुने पनि उहाँले बताउनुभयो ।

    ‘ओलीले एमसीसी पास गर्न भएभरको प्रयास गरेकै हुन् । जनताको दवावमा मात्रै अघि नबढेको हो । देउवाले पनि एमसीसी पास गर्छु भनिरहेकै छन् । उनीहरुका बिचमा यसबारे सहमति हुनसक्छ’ केसीले भन्नुभयो, ‘उनीहरु भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको दवावका कारण मिलेरै एमसीसी अघि बढाउन सक्छन् ।’

    अध्यक्ष केसीले एमसीसीका कारण गठबन्धन नटुट्ने पनि बताउनुभयो । पाँच दलीय गठबन्धन प्रतिगमन विरुद्ध बनेको हुनाले प्रतिगमन पूर्णरुपमा परास्त नहुँदासम्म रहने उहाँको विश्वास छ । नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भन्ने जान्दाजान्दै गठबन्धन बनेको उहाँले बताउनुभयो ।

    ‘यो गठबन्धन एमसीसीका लागि बनेकै होइन । यो प्रतिगमनविरुद्धको गठबन्धन हो । गठबन्धन बनाउँदैमा हामीलाई थाह थियो नि कांग्रेस एमसीसीको पक्षपाती हो भनेर’ केसीले भन्नुभयो, ‘ओली अहिले पनि आफ्ना प्रतिगामी उद्देश्य पुरा गर्न लागिपरेका छन् । त्यसकारण प्रतिगमनविरुद्ध लड्ने अवस्थासम्म गठबन्धन रहन्छ ।’

    यस्तै, उहाँले निर्वाचनलाई हेरेर पनि गठबन्धन नबनेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाले चुनाव हारिन्छ कि भनेर कसैसँग सौदाबाजी नगर्ने पनि केसीले स्पष्ट पार्नुभयो ।

    केसीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाले चुनाव हारिन्छ कि भनेर कसैसँग सौदाबाजी गर्दैन । हामीलाई प्रष्ट थाह छ, यो प्रतिक्रियावादी व्यवस्थाबाट, चुनावबाट जनताका आधारभूत समस्या समाधान हुँदैन । त्यसकारण हामी चुनावलाई हेरेर, हारिन्छ कि जितिन्छ भनेर कसैसँग गठबन्धन गर्दैनौँ । अहिले जनताले लडेर प्राप्त गरेका उपलब्धि जोगाउनुपर्ने आवश्यकता छ । त्यसैका लागि हो गठबन्धन गरेको ।’

    अध्यक्ष केसीले एमसीसी दृढतापूर्वक अस्वीकार गर्न पनि गठबन्धनका सहयात्री दलहरुसँग अपिल गर्नुभयो । आफ्नो राजनीतिक भविष्य के हुने भन्ने आधारमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी नगर्न उहाँको आग्रह छ ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास भएमा नेपालको स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने र नेपाल अमेरिकाको इन्डो प्यासिफिक रणनीतको अंग हुने पनि दोहोर्याउनुभयो । एमसीसी अघि बढाउन नदिनको लागि जनस्तरबाट थप दवाव दिनुपर्ने आवश्यकतामा समेत केसीले जोड दिनुभयो ।

    • झुन्ड बनाएर अन्तै टाँसिन कथित समानान्तर समिति : केसी

    मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.