• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झुन्ड बनाएर अन्तै टाँसिन कथित समानान्तर समिति : केसी


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फुटपरस्त तत्वले अर्कै पार्टीमा टाँसिने योजनाका साथ कथित समानान्तर समिति बनाएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको नाममा सानो झुण्ड बनाएर कुनै पार्टीसँग बार्गेनिङ गर्ने योजनामा फुटपरस्त तत्वहरु रहेको केसीले बताउनुभयो ।

    ‘स–सानो झुन्ड बनाएर अन्तै टाँसिने योजनाले कथित समानान्तर समिति बनाएका हुन्’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘पार्टी निर्माण गर्न, नयाँ जनवादी क्रान्तिलाई मद्दत गर्न उनीहरुले त्यस्तो गतिविधि गरेकै होइनन् ।’

    अध्यक्ष केसीले कृष्ण पौडेलको नेतृत्वमा बनेको भनिएको कथित समितिमा राष्ट्रिय जनमोर्चाको एक जना पनि केन्द्रीय सदस्य नगएको पनि स्पष्ट पार्नुभयो ।

    ‘पार्टीबाट पहिले नै निष्काशित भएका केही व्यक्तिहरुले त्यस्तो समिति बनाएका छन् । त्यसमा हाम्रो पार्टीको केन्द्रीय समितिका एक जना पनि सामेल छैन’ केसीले भन्नुभयो, ‘जुमबाट जो–जो भेटिन्छन्, तिनिहरुको नाम राखेर समिति बनाएका छन् । ती मध्ये तीन जना साथीहरुले त आफ्नो संलग्नता नभएको स्पष्ट नै पारिसके ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको नाम राखेर केही समयसम्म भ्रम सिर्जना गर्न सक्ने आशंका गर्नुभयो । तर, त्यो लामो समय नटिक्ने उहाँको भनाई थियो ।

    राष्ट्रिय जनमोर्चाकै नाममा किन पार्टीको घोषणा गरे होलान् त भन्ने युगदर्शनको जिज्ञासामा केसीले भन्नुभयो, ‘त्यो त केही समय भ्रम सिर्जना गर्न मात्रै हो । राष्ट्रिय जनमोर्चाको नाम राखेर अर्कै पार्टीमा जाँदा बार्गेनिङ गर्न पनि सजिलो हुन्छ भन्ने होला । नत्र त निर्वाचन आयोगले समेत मान्यता दिँदैन भन्ने थाह पाउँदा पाउँदै किन त्यही नाम राख्थे ?’

    अध्यक्ष केसीले फुटपरस्त तत्वहरुले प्रारम्भमै प्रतिगामी दिशा समातेको बताउनुभयो । पार्टीले निर्वाचनमा भाग लियो, शान्तिपूर्ण संघर्ष गर् यो भनेर दक्षिणपन्थी भएको आरोप लगाउनेहरुले कुनै नयाँ कार्यदिशा अपनाउन नसकेको उहाँको भनाई थियो ।

    ‘आखिर उनीहरुले पनि शान्तिपूर्ण संघर्ष गर्ने भनेका छन् । निर्वाचनमा भाग लिने भनेका छन् । खोइ त नयाँ कुरा ?’ केसीले भन्नुभयो, ‘बरु उनीहरुले प्रारम्भमै प्रतिगामी दिशा समातेका छन् । पार्टीले प्रतिगमनविरुद्ध संघर्ष गर्दा उनीहरुले त्यसको विरोध गरेका छन् ।’

    राजमो अध्यक्ष केसीले केही समयअघि सुदूरपश्चिमको एउटा समूहले निकै उग्र क्रान्तिकारी कुरा गरेर एक÷दुई महिनामै सिद्धिएको पनि स्मरण गर्नुभयो । जसरी सुदूरपश्चिमको समूह माओवादीमा मिसिन उग्र क्रान्तिकारी कुरा गर्थे, आधिकारिक राष्ट्रिय जनमोर्चा हामी नै हौँ भनेर भ्रम सिर्जना गर्ने प्रयास गर्थे, कृष्ण पौडेलको समूहले पनि त्यस्तै गरेको र केही महिनामै उनीहरुको उद्देश्य स्पष्ट हुने केसीले बताउनुभयो ।

    उहाँले विगतमा बाबुराम भट्टराईदेखि दिनानाथ शर्मा, डिलाराम आचार्य हुँदै केशव नेपालसम्मले अर्कै पार्टीमा सामेल हुन पार्टीकै नामबाट स–सानो झुण्ड बनाउने गरेको, उग्र क्रान्तिकारी कुरा गर्ने गरेको स्मरण गर्दै अहिलेका फुटपरस्त तत्वहरुले पनि त्यही बाटो पुनरावृत्ति गरेको स्पष्ट पार्नुभयो ।

    उहाँले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको स्पष्ट नीति, राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि लिएको अडानका कारण कैयौँ देशीविदेशी तत्त्वले पार्टीलाई कमजोर पार्न लगातार षड्यन्त्र गर्ने गरेको बताउनुभयो ।

    भारतीय तथा अमेरिकी साम्राज्यवादका एजेन्ट, ‘रअ’ तथा नेपालकै कतिपय प्रतिगामी तत्त्वले पार्टीलाई कमजोर बनाउन निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै केसीले त्यस्ता तत्त्हरुलाई समयमै चिनेर पार्टीलाई एकढिक्का बनाउन नेता कार्यकर्तासँग आग्रह पनि गर्नुभयो ।

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.