दिनेश रैदास, दाङ ।
एमसीसी समझौता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा राजपुरले मसाल जुलुस सहित शुक्रबार दुलैयामा विरोध सभा सम्पन्न गरेको छ।

राजमो राजपुर कार्यालय चंगूवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा (मसाल) जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद, एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, भारतीय साम्राज्यवाद मुर्दाबाद, माक्सवाद लेनिनवाद माओसेतुङग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग बन्दा गर, दुलैयाका स्थानीय सुकुमवासीहरूको उठीबास लाउने कार्य तुरुन्त बन्दा गर जस्ता नारा सहित पार्टीको झण्डा बोकेका दर्जनौ नेता कार्यकर्ता सम्मेलित र्याली दुलैया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल, एरिया सदस्य टेकबहादुर बुढामगर समेतले सम्बोधन गर्नु भएको थीयो।
कार्यक्रममा अखिल (छैठौं) दाङ जिल्ला सचिव तथा राष्ट्रिय परिषद सदस्य दिनेश रैदास , राजमो जिल्ला सदस्य रामफकिरे रैदास, अखिल नेपाल जनजाति सम्मेलन राजपुरका सल्लाहकार जसबहादुर घर्ती, तराई मधेश जनवादी मोर्चका जिल्ला सदस्य फुर्तीराम यादव लगायतका नेतहारुको पनि उपस्थिति रहेको थियो। साथै कार्यक्रमको सञ्चालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो।