काठमाडौं । सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्षहरु नियुक्त गरेको छ । शुक्रबार सरकारले २८ जिल्ला अध्यक्षहरुलाई नियुक्ती पत्र दिएर समिति गठन गरेको हो ।
सरकारले गत भदौ ३० गते अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का रहनुभएको छ ।
सोही आयोगका २८ वटा जिल्लामा समितिहरु गठन भएका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी जिल्ला अध्यक्षहरूलाई नियुक्ति पत्रसमेत दिइसकेको छ ।
नवनियुक्त जिल्ला समितिमध्ये बागलुङ र प्युठानमा राष्ट्रिय जनमोर्चाका नेताहरुले नेतृत्व गर्नुभएको छ । बागलुङमा राजमो जिल्ला उपाध्यक्ष धर्म कुँवर र प्युठानमा पनि जिल्ला उपाध्यक्ष इमानसिंह खड्का नियुक्त हुनुभएको आयोग स्रोतले जनाएको छ ।
आयोग गठन भएको ४ महिनापछि सरकारले जिल्ला समिति विस्तारको काम सुरू गरेको हो । आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
कुन जिल्लामा को नियुक्त ?
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री
ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई
काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ – रामचन्द्र अधिकारी
कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा
डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
उदयपुर– बलबहादुर तामाङ