• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सहिद टोपबहादुर कार्कीको उन्नाइसौँ स्मृतिदिवस सम्पन्न


  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
  • जगदीश ढकाल, नेपालगञ्ज ।
    सहिद टोपबहादुर कार्कीको उन्नाइसौँ स्मृतिदिवस सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा बाँकेको आयोजनामा २०७८ पुस ३० गते सहिद कार्कीकै निवास बाँकेको कोहलपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि कार्कीकी सहिदपत्नी पार्वती कार्की हुनुहुन्थ्यो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले सहिद टोपबहादुर कार्कीले देश र जनताका लागि बलिदान दिएको बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटाले मन्तव्य राख्दै सहिद कार्कीको बलिदान खेर नजाने बताउनुभयो । उहाँले सहिद कार्कीको सपना पूरा गर्न हजारौँ नेता–कार्यकर्ता अहिले पनि लागिपरेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा सहिद कार्कीको योगदान र बलिदानको बारेमा चर्चा गर्दै अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष पूर्णकला भण्डारी, जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनार, युवक सङ्घ बाँकेका सचिव टेकबहादुर मल्ल र सहिद कार्कीकी जेठी छोरी सावित्रा कार्कीले पनि मन्तव्य राख्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा बर्दियाका सचिव लोकबहादुर रानाले सहिद टोपबहादुर कार्कीको जीवनीबारे चर्चा गर्नुभएको सो कार्यक्रममा सहिद कार्कीकी कान्छी छोरी मनिसा कार्कीको पनि आतिथ्य रहेको थियो ।

    राजमो बाँकेका जिल्ला उपाध्यक्ष जगदीश ढकालको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष भीमप्रसाद देवकोटाले गर्नुभएको थियो ।

    सहिद कार्कीको २०५९ पुस ३० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । त्यतिबेला सेनाले उहाँका बुबा भोजबहादुरको पनि गोली हानी निर्मम हत्या गरेको थियो । बर्दियाको राजापुरस्थित मानपुर टपरामा घरबाट दुबै बाबुछोरालाई अपहरण शैलीमा लतार्दै निकालेर सेनाले नजिकैको तोरीबारीमा पुर्‍याएर गोली हानेर उहाँहरूको हत्या गरेको थियो ।

    अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डेका अनुसार नेपाली सेनामा कार्यरत उहाँका छिमेकी हरिराम चौधरीले जग्गाको सीमा विवादका कारण माओवादीको आरोप लगाएर हत्या गराएका थिए । कार्कीको हत्यापछि राष्ट्रिय जनमोर्चाले देशव्यापी विरोध गरेको थियो ।

    त्यस क्रममा सेनाले घटनाको छानबिन गरी गोली हान्न आदेश दिने कमान्डरसहित घटनामा संलग्नहरूलाई आन्तरिक कारबाही गरेको थियो । शाहीकालमा सेनाले गोली चलाएको घटनामा आफ्ना कमान्डर विरुद्ध कोर्टमार्सल गरेको त्यो पहिलो घटना थियो ।

    राजमोले त्यतिबेलै कार्कीलाई सहिद घोषणा गरेको थियो । सहादत प्राप्त गर्ने बेला टोपबहादुर कार्की तत्कालीन जनमोर्चा नेपाल बर्दियाको सदस्य, अखिल नेपाल जनवादी युवा सङ्घ बर्दियाका सचिव र भेरीकर्णाली क्षेत्रीय समितिको सदस्यमा रहेर पार्टीको जिम्मेवारीमा सक्रिय हुनुहुन्थ्यो ।

    सहिद कार्कीको परिवार निरन्तर राजमोमा संलग्न रही राजनीतिप्रति क्रियाशील छ ।

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.