काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् ।
Advertisement
शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा विद्यार्थीहरुले कालोमोसो दलेका हुन्।
शर्मालाई मन्त्रालयबाट बाहिर निस्कनासाथ सोही मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेको प्रत्यक्षदर्शी शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।
शर्मा सञ्चालक रहेको काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु केही समययता आन्दोलित छन् ।