डोटी । राष्ट्रिय जनमोर्चा, डोटीका सल्लाहकार सिद्धसिंह विकको निधन भएको छ ।
Advertisement
केआईसिंह गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा विकको गएराति ९ बजेतिर आफ्नै घरमा निधन भएको राजमो डोटीले जनाएको छ ।
उहाँ २०५५ सालदेखि राष्ट्रिय जनमोर्चाका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो ।
विकको निधनबाट पार्टीले एक असल कार्यकर्ता गुमाएको राजमोले जनाएको छ ।
राजमो जिल्ला अधयक्ष डबल बोगटीले शोक वक्तव्य प्रकाशित गरी नेता विकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।