• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

एमसीसीबारे झलनाथ खनाल : विवादित विषय गठबन्धनको प्राथमिकतामा पर्दैनन्


  •   सोमबार, पुष २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनमा मतभेदका कुरा नउठाइने बताउनुभएको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पाँच दलबीच साझा धारणा नबनेको र विवादित विषय भएकाले अहिले सो विषय यथास्थितिमा रहने खनालले बताउनुभयो ।

    Advertisement

    खनाल पाँच दलीय गठबन्धनले बनाएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत हुनुहुन्छ । सो समितिमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य हुनुहुन्छ ।

    एक स्ञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा खनालले भन्नुभएको छ, ‘अहिले हामीले मतभेदका कुराहरुलाई उठाउँदैनौँ । हाम्रो बीचमा जुन सहमति हुन्छ, सहमतिका विषयमा लिएर मात्र अघि बढ्छौँ । अब एमसीसी भनेको हाम्रो बीचमा मात्र होइन, सिंगो राष्ट्रमा बहसरविवाद भइरहेको विषय हो। यस्तो विवाद भइरहको विषयलाई हामीले एजेण्डा बनायौँ भने हाम्रो बीचमा एकता त हुँदैन। त्यसकारण यो विषयलाई अहिले हामी प्राथमिकता दिँदैनौँ ।’

    पाँच दलीय गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने अन्य दल भने यही अवस्थामा पास गर्न नहुने अडानमा छन् । गठबन्धनभित्रको राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ । एमसीसीकै कारण गठबन्धन टुट्ने चर्चा भइरहेको बेला नेता खनालले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

    ‘अहिलेको पाँच दलीय गठबन्धनलाई कुनैपनि मुद्दाले तलमाथि पार्छ भन्ने मलाई लाग्दैन। गठबन्धन जुन उद्देश्य, ध्येय र मिसनका आधारमा बनेको छ, त्यो मिसन पूरा भएकै छैन’ खनालले भन्नुभएको छ, ‘अनि उनीहरु कसरी देब्रे दाहिने लाग्न सक्छन् ? लाग्नै सक्दैनन्। यसो हुनाले अहिलेको पाँच दलीय गठबन्धन दृढतापूर्वक आगामी निर्वाचनसम्म न्युनतम रुपले जान्छ।’

    संसदमा लामो समयदेखि अड्किएको एमसीसी पास गराउन अमेरिकाले लगातार दबाब दिइरहेको छ। एमसीसीलाई संसदमा पेश गरेर छिट्टै पारित गराउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गर्नुभएको छ । तर, नेता खनालले भने एमसीसीबारे अझै राम्रो अध्ययन नभइसकेकाले कुनै पनि दबाबमा आधारमा यसलाई अगाडि बडाउन नहुने दृढता देखाउनुभएको छ ।

    ‘हामीले त्यो विषयलाई ठोस् ढंगले राखेर अहिलेसम्म छलफल नै गरेका छैनौँ’ खनालले भन्नुभयो, ‘त्यो विषयमा छलफल गर्नको लागि त्यो विषय के हो ? त्यो कसरी जन्मियो ? त्यो कसरी विकसित हुँदै आयो ? सम्झौता कसरी भयो ? कस्ता कस्ता देशबाट सम्झौता भएको छ ? कतिवटा दस्तावेज छन् ? यी सबै कुराहरूको साङ्गोपाङ्गो अध्ययन गरेर मात्र एउटा निष्कर्षमा पुग्नुपर्ने हुन्छ।’

    उहाँले आफू नेतृत्वको समितिले सांगोपांगो अध्ययन गरेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने र त्यसबारे मन्त्रिपरिषदले नै निर्णय गर्ने बताउनुभएको छ । तर, अहिले नै एमसीसी अस्वीकार गर्ने वा अमेरिकाले दिएको डेटलाइनलाई स्वीकार गर्ने निष्कर्षमा आफूहरु नपुगेको खनालले बताउनुभयो ।

    सोमबार, पुष २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.