• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जनताले निशुल्क पाउनुपर्ने सुविधा पार्टीका दलाल र माफियाको कब्जामा छ : केसी


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले निशुल्क पाउनुपर्ने सेवा सुविधाहरु केही पार्टीका दलाल र माफियाको कब्जामा परेको बताउनुभएको छ ।

    Advertisement

    शनिबार जातीय समता समाज, लुम्बिनी प्रदेश भेलाको उद्घाटन गर्दै अध्यक्ष केसीले शिक्षा, स्वास्थ्य जस्ता जनताले निशुल्क पाउनुपर्ने सेवामा पार्टीका माफिया र दलालले कब्जा जमाएर महंगो बनाएको बताउनुभयो । केसीले नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो भन्नेहरुलाई शिक्षा र स्वास्थ्य निशुल्क गर्न चुनौती पनि दिनुभयो ।

    ‘नयाँ जनवादी क्रान्ति भैसक्यो अब समाजवाद निर्माणमा अघि बढेको बताउने आफूलाई कम्युनिस्ट भन्नेहरूको तर्क नेपालको वस्तुस्थितिसित मेल खाँदैन┌ केसीले प्रश्न गर्नुभयो, ‘शिक्षा, स्वास्थ्य, रोजगारी आदी जस्ता आधारभूत सेवाहरू निःशुल्क राज्यको दायित्व भित्र नयाँ जनवादी व्यवस्थामा हुने गर्दछ । अहिले त्यसको ठिक उल्टो जनताले निशुल्क राज्यबाट पाउनु पर्ने आधारभूत सेवाहरू उनैका पार्टीका दलाल र माफियाहरूको कब्जामा आम जनताको पहुँच भन्दा बाहिर छ । यही हो पूँजीवादी क्रान्ति पूरा भएको ?’

    नयाँ जनवादी क्रान्ति साम्राज्यवाद र सामन्तवाद विरोधी क्रान्ति हो भन्दै उहाँले विभिन्न माध्यमबाट विदेशी शक्तिले लामो समयदेखि देशमा प्रभुत्व जमाइरहेको बताउनुभयो । अहिले एमसीसीको माध्यमबाट अमेरिकी साम्राज्यवादले देशमा प्रत्यक्ष उपस्थिति जमाउन खोजिरहेको उहाँको भनाइ थियो ।

    सामन्तवाद पनि देशमा बलवान रहेको तथ्य प्रस्तुत गर्दै नेता केसीले राजाको शक्तिशून्य छ भन्नेहरूले राजावादी राप्रपाका पूर्वअध्यक्षले आफूलाई निर्मल निवासको निर्देशनमा हराएको भन्ने रूवाबासीबाट शिक्षा लिनुपर्ने बताउनुभयो ।

    ‘साम्राज्यवाद र सामन्तवाद देशमा कमजोर होइन झन् खतरनाक भूमिकामा प्रस्तुत भैरहेको छ’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा भयो भन्ने तर्क हास्यास्पद र कम्युनिस्ट आन्दोलन प्रति बेइमानी हो ।’

    विश्व उदारीकरणको वकालत गरेर नथाक्ने नेकाले पनि देशको अर्थ व्यवस्था धारासायी भएकोले कसरी देशलाई यो खाडलबाट निकाल्ने त्यस सम्बन्धि सम्मेलनमा चर्चासम्म नगरेको केसीले बताउनुभयो । देशका ठूला पार्टी भन्नेहरूको गतिबिधिले नेपालको अस्तित्व समेत धरापमा पर्न सक्ने औँल्याउँदै अध्यक्ष केसीले व्यवस्था वदलिए पनि नेताहरूको प्रवृत्ति नबदलिएको बताउनुभयो ।

    हामीले संघर्ष गरेर समाप्त गर्नुपर्ने गणतन्त्र राजा र ओलीले सिध्याएकोमा खुशी व्यक्त गर्ने ‘क्रान्तिकारी’हरू र स्वयं हाम्रो स्कुलिङमा लामो समय काम गरेकाहरू पनि हिजो चर्को रूपमा उनीहरूको भण्डाफोर गर्थे आज त्यही जान आतुर छन् भन्दै केसीले यहाँ उनीहरूको व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पूरा नहुने देखेपछि दाम्लो चुँडाल्न खोजेको प्रस्ट छ भन्नुभयो ।

    पार्टीले विभिन्न कालखण्डमा नेका लगायतका पार्टीहरूसित पटकपटक कार्यगत एकता गरेको र सबैलाई नजिकबाट बेहोरेको बताउँदै नेता केसीले अहिलेको गठबन्धन आफ्ना कारणले नभइ परिस्थितिका कारणले बनेको स्पष्ट पार्नुभयो । नेकपा (मसाल) सानो भए पनि साम्राज्यवाद, सामन्तवाद र दक्षिणपन्थी अवसरवादी सबैको आँखाको कसिंगर र नेपालको राजनीतिमा ओज र बेग्लै पहिचान भएको पार्टी भएकोमा आफूलाई गर्व भएको केसीको भनाई थियो ।

    हामी त डाँडाका घाम जस्तै हौँ, अब यो जिम्मेवारी तपाईं युवा पुस्ताले अगाडि बढाउनु पर्दछ भन्दै अध्यक्ष केसीले दलितमाथि उच्च जातीबाट शोषण भइरहेको, सामन्तवाद, साम्राज्यवादबाट पनि झन् ठूलो शोषण भएको बताउँदै पार्टी क्रान्ति र परिवर्तनको लागि अनुशासनमा रहेर क्रियाशील हुन आव्हान गर्नुभयो ।

    कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर वेलबासे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसी र जातीय समता समाजका केन्द्रीय अध्यक्ष तुल प्रसाद विश्वकर्मा (राजेश विक)ले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा राजमोका पूर्वकेन्द्रीय सल्लाहकार शुरेश थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, जातीय समता समाजका महासचिव भक्त विक, केन्द्रीय सल्लाहकार दिल बहादुर विक, केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूक बहादुर पराजुली, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य कविराज गिरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर विक, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य नारायण पुन तथा समताका केन्द्रीय सदस्यहरू रूमा विक, मान बहादुर विक, कृष्ण बराईली, राजु सुनार र सल्लाहकार सूर्यबहादुर नेपालीको पनि आतिथ्यता रहेको थियो ।
    ज्ञात अज्ञात शहिदहरूप्रति एकमिनट मौनधारण पछि दिल प्रसाद विकले स्वागत गर्नुभएको थियो ।

    भेलाले अईन्द्र विक (प्युठान) को अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

    • जातीय समता समाज लुम्बिनीको अध्यक्षमा अईन्द्र विक

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.