• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने, सीमा अतिक्रमणबारे कुरा होला ?


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवा यही पुस २५ गते भारत भ्रमणमा जानुहुने भएको छ । गुजरातमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    Advertisement

    सोही दिन प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ । एकदिन दिल्लीमा बसेर प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नुहुने छ ।

    गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ। तीन दिनसम्म चल्ने समिटमा प्रधानमन्त्री देउवाले भाग लिने कार्यक्रम रहेको छ। गठबन्धन सरकारको नेतृत्व गर्दै गत असार २९ गते प्रधानमन्त्री भएका देउवाको यो पहिलो भारत भ्रमण हो।

    यसअघि जलवायु परिवर्तन सम्बन्धी स्कटल्याण्डको ग्लास्कोमा भएको सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग साइड लाइन वार्ता गर्नुभएको थियो ।

    सीमा अतिक्रमणबारे कुरा होला ?
    सन् २०१९ डिसेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेर कालापानी क्षेत्र आफ्नो भएको दाबी गरेको थियो । त्यसअघि भारतले लिपुलेक हुँदै चीनको तिब्बत जाने सडक निर्माण थालेको थियो ।

    त्यसलगत्तै नेपालले कालापानी, लिपुलेक, नाबी, गुन्जी लगायत क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले कुटी, नाबी र गुन्जी क्षेत्रनजिक धमाधम सडक निर्माण गरिरहेको छ । तर नेपालले भारतसँग अतिक्रमित भूमि फिर्ता गर्नेबारे कुटनीतिक पहलकदमी लिन सकेको छैन।

    नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा जारी गरेयता नेपालबाट भारतमा हुन लागेको यो नै पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो । भ्रमणमा कालापानी लगायतका अतिक्रमित क्षेत्रबारे कुरा हुने वा नहुनेबारे आम चासोको विषय बनेको छ ।

    महाकाली नदीको नाम नै परिवर्तन
    हालै भारतले अतिक्रमणलाई संस्थागत गर्ने उद्देश्यसहित महाकाली नदीको नामसमेत फेरेको छ । अघिल्लो महिना भारतले सन् २०२० मा सार्वजनिक गरेको राजनीतिक नक्साको संस्कृत र हिन्दी संस्करण सार्वजनिक गरेको थियो । जसमा महाकाली नदीको नाम फेरेर कुटियाङ्दी लेखिएको छ ।

    नेपालले महाकाली नदीलाई वास्तविक सीमा नदी मानेपनि भारतले नक्कली काली नदीलाई नेपालको सीमा नदी दाबी गर्दै आएको छ।
    सन् १८१६ मा हस्ताक्षरित सुगौली सन्धिले नेपाल-भारत पश्चिमी सीमा सम्बन्धमा उल्लेख गर्दै महाकाली नदीभन्दा पश्चिमको भूभाग भारतको हुनेछ भन्ने उल्लेख छ। उक्त सन्धि अनुसार महाकाली नदी र सोको पूर्वतर्फको भूभाग नेपालको हुनुपर्ने थियो।

    सन्धि अनुसार महाकाली नदीको उद्गमस्थल कुटी गाउँ नजिकैको कालापानी (कालोपानीको तलाउ) त्यस उत्तरको डाबै मैदानमाथिको जोलिडकाङ हिम शृङखलामा पर्ने लिम्पियाधुरासम्मको भाग नेपालको पर्छ। तर कालापानी-लिपुलेक क्षेत्रमा पर्ने कुटी, नाबी र गुन्जी लगायतका नेपालका गाउँहरू सन् १९६१/६२ भन्दा केही समय पहिलेदेखि भारतको कब्जामा रहँदै आएका छन्। सुगौली सन्धिकै आधारमा उपरोक्त तीनै गाउँ कुटी, नाबी, गुन्जी समेतको सम्पूर्ण क्षेत्र नेपालतर्फ परेको छ।

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.