• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
  • गौर । रौतहटमा विभिन्न पार्टी परित्याग गरी करिब सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरू राजमोमा प्रवेश गरेका हुन् ।

    Advertisement

    पार्टीप्रवेशका लागि २०७८ पुस १५ गते राजपुर नगरपालिकाको पानीट्याङ्कीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चा नै देशको राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने एक मात्र पार्टी राजमो भएको बताउनुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले निरन्तर राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गरिरहेको छ’ उहाँले अगाडि भन्नुभयो– ‘२०६२–६३ सालको जनआन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्म निरपेक्षता अहिले पुनः खतरामा पर्न थालेकाले त्यसको विरुद्ध सिङ्गो नेपाली जनता एकजुट हुनुपर्ने बेला आएको छ ।’

    उहाँले एम.सी.सी. र सङ्घीयताले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा स्वतन्त्र परराष्ट्र नीति कुण्ठित हुने दाबी गर्दै त्यसका विरुद्ध नेपाली जनताले बेलैमा आवाज उठाउनुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    मधेसमा मधेसवादी दलहरूले मधेसी जनताका मुद्दाहरूमाथि खेलवाड गरिरहेको पनि उहाँको भनाइ थियो ।

    ‘तपाईंहरूले अहिलेसम्म मधेसका धेरै पार्टीलाई समर्थन दिएर हेर्नुभयो’ सांसदसमेत रहनुभएकी पौडेलले भन्नुभयो– ‘अब राष्ट्रिय जनमोर्चामा रहेर सङ्घर्ष गर्नका लागि तयार हुनुहोस् । हामी तपाईहरूको संविधादप्रदत्त मागका लागि सङ्घर्ष गर्ने छौँ ।’

    राजमो कार्यक्रममा राजमो केन्द्रीय सचिव हिमलाल पुरी, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलम, राजमो केन्द्रीय सदस्य देवी शर्मा, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य बालकृष्ण आचार्य र नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराईले पनि सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, राजमो २ नं. प्रदेश समितिका कोषाध्यक्ष शेरबहादुर कार्की, प्रदेश सदस्य हरि सापकोटा, हेमा केसी, तारादेवी क्षेत्री, देवी आचार्य, राजमो बाराका अध्यक्ष जीवन भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

    राजमो नेता हरिकिशोर महतोको अध्यक्षता तथा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हृदयनारायण शाहको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो । राजमो नेता लक्ष्मीनारायण श्रीवास्तवले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    पार्टी प्रवेश गर्नेहरूको नामावली

    ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका र बृन्दावन नगरपालिकाबाट

    क. माओवादी केन्द्रबाट– अलाउदिन मिया, गुडी मिया, अलिहसन मिया, इजराइल मिया, इस्तखार मिया, नन्दु महतो, अलाउद्दिन मिया, सलाउद्दिन मिया, नसिब मिया, मेराज मिया, शेख सेराज, मेरातुन नेसा, असरफ आलम, अब्बास मिया ।

    ख. पूर्व जसपाबाट– सराजुल मिया ।

    ग. पूर्वराजपाबाट– नुरआलम मिया, मेराजुल मिया, बोजिर मिया, कुसुमिया खातुन, नसरुल्लाह मिया, रहिम मिया, कबिर मिमा कवारी, इन्ताज आलम, बाजुल मिया, जाहिर मिया, मामुदिन मिया ।

    घ. नेपाली काङ्ग्रेसबाट– मनताथ मिया, आलम, शेख सलाउद्दिन, नेक मोहम्मद, इनाम, अजमेरी खातुन, शे. जफिर, सजिरा खातुन, जगत् महतो, शेख सहिद अली ।

    ङ. पूर्व मधेसी जनाधिकार फोरमबाट– गनी महमद, मो. मोमताज, मो. नेयाज, मो. सरफराज, अहमद, धर्मनाथ साह, श्याम किशोरसाह, विनोद शाह ।

    च. नेकपा (एमाले) बाट– नबी हसन, पूजन महतो, विकेश महतो, नन्दलाल महतो, उमेश महतो, सैफुद्दिन, कलामुद्दिन, समसाद, सदरे मिया, मोमताज मिया, सरफुल्लाह मिमा कवारी, रिङ्कु देवी, लालबाबु साह, शेख जमालुद्दिन, हरिहर साह तेली, राधिकादेवी साह ।

    यमुनामाई गाउँपालिकाबाट

    क. नेकपा (एमाले) बाट– महमद अतिउल्लाह, मिसरातल मिया, नेक महमद, मिसराली मिया, जनिफ मिया, लालबाबु मिया, इसमाई मिया, मोहम्मद मिया, मो. समिम, तहिद मिया, शान्ति देवी, मञ्जु देवी, चन्दन कुमार ।

    ख. माओवादी केन्द्रबाट– कुल महमद, टुसा महमद, सोने लालमिया, सराजुल मिया, जमिन अख्तर मिया, रोज मिया, इमरोज मिया, मोख्तार मिया, अजमेरी खातुन, सैदुन खातुन, नसिबु खातुन, सलाबुन खातुन, सदरे आलम, सहिम मिया, दिनेश कुमार, सेराजुल मिया ।

    ग. नेपाली काङ्ग्रेसबाट– अबदल फेस, जुमाई मिया, इसराइल मिया, इसमाइल मिया, चाँद महमद, शे. सराजुल, असर्फी ठाकुर, शम्भु बैठा ।

    घ. पूर्वमधेसी जनाधिकार फोरमबाट– दिनेश महतो, रामनाथ महतो, वीरेन्द्र महतो, मजरे आलम ।

    ङ. पूर्वराजपाबाट– अनिल कुमार, पारस कुमार, शे. अबुर्लेस, नारद कुमार, चुनचुन बैठा ।

    बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.