• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘सरकारी कागजबाट नागरिकको धार्मिक विवरण हटाउनुपर्छ’


  •   बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
  • नारायण योगी

    Advertisement

    कार्ल मार्क्सले भनेका छन्ः ‘मानिसले नै धर्म निर्माण गर्दछ, धर्मले मानिसलाई बनाउँदैन’ अर्थात् धर्म मानवको आत्मचेतना एवं आत्मानुभव हो र धर्म जनताको लागि अफिम हो ।

    दर्शनकोषमा धर्मको बारेमा यस प्रकार व्याख्या गरिएको छ- धर्म (रिजिलन) सामाजिक चेतनाको एक विशेष रूप, जसको विशिष्ट लक्षण मानिसहरूको मनमा र उनीहरूमाथि परेको बाह्य शक्तिको यस्तो भ्रमपूर्ण परावर्तन हो, जसमा पार्थिक शक्तिहरू पार्थिवेत्तर रूपग्रहण गर्दछन् । माक्र्सवाद–लेनिनवादले धर्मलाई सामाजिक चेतनाको ऐतिहासिक रूप अस्थायी रूपमा मान्दछ र त्यसका मुख्य कारक शक्तिहरूलाई प्रकाशमा ल्याउँछ, जो समाजको विकासका विभिन्न उत्पादक शक्तिको निम्नस्तरका कारण प्राकृतिक शक्तिका सामु मानिसले आफ्नो असहायपन बाध्यात्मक परिस्थितिका कारण नै धर्मको उत्पत्ति भयो ।

    वैरभावपूर्ण समाजमा धर्मको अस्तित्वको मुख्य कारण हो । वर्ग उत्पीडन अन्यायपूर्ण सामाजिक सम्बन्ध, दरिद्रता, जनसाधारणको अधिकारविहीनता, जसले उनीहरूमा हतासा, नैराश्यको भावनालाई जन्मदिए । यसरी मानिसहरू आफ्ना सबै आशाहरूबाट निरास भई विवश भएर अलौकिक शक्तिप्रति आशक्त हुन्छन् ।

    मानव अस्तित्वको जीवन्त समस्याहरूको समाधान केवल परलोकमा छ भनेर धर्मले बाह्य शक्तिप्रति मानिसको परनिर्भरतालाई अझ सुदृढ र स्थायी बनाउँछ । यस प्रकार उसको भाग्यमा उ निस्कृय भएर बस्ने लेखिदिन्छ । मानिसको सृजनशील शक्तिलाई अवरुद्ध बनाउँछ ।

    वैरभावपूर्ण वर्गको समाजमा धर्मले मिहिनेतकस जनतालाई विश्व परिवर्तनशील छ र सङ्घर्ष गर्नुपर्दछ । त्यसमा सक्रियतापूर्वक भाग लिनुपर्दछ भन्ने कुरा विमुख गराउँछ । सर्वहारा वर्गको वर्गगत आत्मचेतनामा बाधा उत्पन्न गराउँछ । त्यसैले मार्क्सले धर्मलाई “जनताको अफिम” भनेर नामाकरण गरे । धर्मको वैज्ञानिक विश्लेषण यस मान्यतामाथि आधारित छ कि यो एउटा निकै जटिल सामाजिक परिघटना हो, जसको विशिष्ट विचार, भावना तथा अनुष्ठानद्वारा गरिने कार्य र वर्गगत समाजमा यस प्रकारका संस्थानका पनि कार्यप्रणाली छन्, जो पेशेवर पादरी, पुरोहितलाई एक्यबद्ध गराउँछ । धर्मका ती उपर्युक्त तह सिधै सामाजिक सम्बन्धसँग जोडिएका छन् र ती सम्बन्धमा परिवर्तनका साथै परिवर्तित पनि भइरहेका छन् ।

    सामाजिक, वैज्ञानिक तथा यान्त्रिक प्रगतिले धार्मिक चेतनामा सङ्कटको प्रादुर्भाव गरेको छ, जसको प्रभावका कारण धर्ममा आधुनिकीकरणको प्रकृया समकालीन अवस्थामा सुस्पष्ट रूपमा प्रकट भएको छ । यद्यपि धर्मको सार अपरिवर्तित नै रहन्छ । त्यसको विलोपका साथै जसले सामाजिक विकास पूर्व निर्धारित गर्ने छ, त्यो अवश्यम्भावी छ ।

    धर्मका सम्बन्धमा लेनिनको स्पष्ट भनाइ छ– धर्मलाई कुनै पनि अर्थमा व्यक्तिगत मामिला मान्न सकिन्न । धर्मसँग राज्यको कुनै पनि सम्बन्ध हुनुहँुदैन । धामिक सङ्घ÷संस्थाहरूको पनि राज्यसँग कुनै सरोकार हुनुहुँदैन । प्रत्येक व्यक्तिलाई पूर्ण स्वतन्त्रता हुनुपर्दछ कि उसले कुनै पनि धर्म मानोस् या नमानोस्, चाहे ऊ नास्तिक नै किन नहोस्, जबकि प्रत्येक समाजवादी नास्तिक हुन्छ र हुनुपर्दछ ।

    जनतासँग धार्मिक विश्वासका आधारमा भेदभावपूर्ण नीति अपनाउनु सर्वथा अनुचित छ । सरकारी कागजपत्रमा नागरिकको धर्मका बारेमा जुन विवरण हुन्छ, त्यसलाई खारेज गर्नुपर्दछ । स्थापित चर्च वा धार्मिक संस्थानलाई कुनै सहायता दिनुहुँदैन ।

    धर्मका बारेमा माथि सटिक रूपमा व्याख्या गरिएको छ । वास्तवमा धर्म जनताले प्रकृतिमा हुने विविध घटनाक्रम परिवर्तन, उथलपुथल, त्यसको असर त्यसले समाजमा पार्ने थुप्रै घटना र हानीनोक्सानीका बारेमा सुरुवाती चरणमा ज्ञान नहुनु र ज्ञान भए पनि त्यो छिपछिपे प्रकारको हुनुले धर्मले आज जुन रूपमा आकार ग्रहण ग-यो । त्यसले जुन स्थान प्राप्त गरेको छ र त्यसबाट समाजमा भइरहेको क्षतिलाई सामाजिक सचेतना मार्फत केही न्यून गर्न सकिएला, यद्यपि यो निकै जटिल र कठिन कार्य हो ।

    विश्वव्यापी रूपमा मुख्य धर्महरू तल लेखिएअनुसार रहेका छन् । मानव समाजमा तिनको प्रादुर्भावबारे सङ्क्षेपमा प्रकाश पार्ने प्रत्यन्त गरिने छ ।

    हिन्दु धर्म 
    भारत, नेपालमा बहुसङ्ख्यक जनताले अपनाउँदै आएको धार्मिक मत, रीतिथिति, पूजापाठ, विभिन्न अनुष्ठान तथा सामाजिक दैनिक जीवनमा अपनाइने पद्धति अर्थात् कुनै पनि यस्तो व्यक्ति हिन्दु बन्न सक्दछ । जसको बुबा, आमा हिन्दु हुन्का, साथै उनीहरूले अरू कुनै धर्मको पूजा नगरेको हुनुपर्दछ । हिन्दु धर्म मूल रूपमा प्राचीन वैदिक धर्मको आधारमा मानिदै आएको छ । हिन्दु धर्ममा सबैभन्दा बढी पूज्य ईश्वर त्रिमूर्ति हुन्– ब्रह्मा, विष्णु, शिव (महेश्वर) हुन् ।

    ती सबै विभिन्न रूपमा अभिव्यक्त भएका छन् । मानिसको जीवनका विभिन्न क्रियाकलापका विभिन्न विधासँग थुप्रै प्रकारले जोडिएका छन् । यद्यपि हिन्दु धर्म सबैका लागि अनिवार्य कुनै कडा मत वा सिद्धान्तमा विश्वास राख्नु पर्दछ भन्ने भन्दैनन् । त्यसका कुनै एकै प्रकारका धार्मिक स्वरूपका सङ्गठन, प्रशासनिक केन्द्र वा संस्थान छैनन्, जसले धार्मिक समस्याको समाधानार्थ जुटेको होस् । यद्यपि त्यो धार्मिक सिद्धान्तबाट विचलन हुने कुरालाई केही हदसम्म सहन गर्दछ । यद्यपि सामाजिक, आर्थिक परम्पराका क्षेत्रमा हिन्दु धर्मका अपेक्षा निकै कठिन छन् । यस धर्मका मुख्य धारा हुन्– शैवपन्थ, वैष्णव पन्थ, शाक्य पन्थ ।

    इसाई धर्म (क्रिस्चियानिटी)
    विश्वव्यापी धर्ममध्य एक इसाई धर्मको आर्विभाव प्रथम इ.सं. मा रोमन साम्राज्यको पूर्वी प्रान्तमा भएको थियो, जसमा ती उत्पीडित मानिसका आशा, आकाङ्क्षा प्रतिबिम्बित भएका थिए, जसले आफ्नो भाग्य आफै बदल्ने सम्पूर्ण आशा गुमाइसकेका थिए । उनीहरू यस आशामा टँगिएका थिए कि कुनै सर्वशक्तिमान ईश्वर “दिव्यत्राता” को सहायताद्वारा सम्पूर्ण दुःख हरण हुने छ र मुक्ति पाउने छौँ ।

    इसाई धर्मको जन्म जनसाधारणलाई त्यो हताशाको मनोदशाबाट उन्मुक्ति दिलाउन भएको मानिन्छ, जसमा तत्कालीन रोमन साम्राज्यको प्रभुत्व तथा शोषक वर्गका विरुद्ध दासको विद्रोह गरिब तथा पराधीन जनमानसलाई कार्वाही गरेर दमन गरिएको घटनालाई निकै गम्भीरतापूर्वक लिइरहेका थिए । इसाई मतले मसिहा पन्थका विभिन्न विचार, युनानी रोमन र प्राच्य धर्मबाट सापटी लिएर कतिपय तहको आधारमा सिकन्दरिया, फिलो तथा सेनेकाको प्रभावअन्तर्गत त्यसले मूर्त रूप ग्रहण ग¥यो । इसाई धर्ममा त्यस बलिदानलाई आस्थाको केन्द्रीय स्थान प्राप्त छ, जुन ईश्वरको पुत्रको रूपमा इसा मसिहले आफ्ना अनुयायीको पापलाई प्रायश्चितको रूपमा प्राप्त गरिएको थियो ।

    यस्तो मानिँदै आएको छ कि जिसस क्राइस्टलाई यहुदी शासक पोटिउस पिलाटेले क्रुसमा झुण्डाएको थियो । तर जसले मृत्युपश्चात् पनि पूर्वजन्म प्राप्त गरेर स्वर्गारोहण प्राप्त गरेका थिए र यसरी उनले आफ्नो शिष्यलाई पुनर्जीवनको ढोका खोलिदिए । इसाई धर्मका अनुयायीले इसा मसिहको यस पृथ्वीमा पुनः दोस्रो पटक आगमन हुने कुरामा विश्वास राख्दछन् ।

    यसरी उनले जीवित र मृत व्यक्तिका बारेमा फैसला गर्ने छन् । धर्मपरायणलाई शाश्वत परमानन्द तथा पापीलाई नारकीय यातना प्रदान गर्ने छन् र परलोकमा धर्मपरायणलाई सुख र जीवनका कठिनाइँलाई धर्मनिष्ठापूर्वक सहन गर्ने मानिसलाई परमानन्द वचन । यो एउटा संसाधन थियो, जसलाई इसाई धर्मले अन्यायपूर्ण सामाजिक प्रणालीलाई जनसाधारणद्वारा शीरोधार्य गराउन चाहेको देखिन्छ र उनीहरूलाई उक्त प्रणालीप्रति सहनशील बनाउन चाहेको स्पष्ट हुन्छ ।

    आफ्नो सम्पूर्ण इतिहासको दौरानमा इसाई धर्म आन्तरिक टुटफुटको वातावरणमा विकसित हुँदै आएको छ, जसका कारण उनीहरूको पङ्क्तिमा विभाजन तथा विभिन्न धारा तथा सम्प्रदायको जन्म भयो । १०५४ मा उसका मुख्य दुई वटा चर्च अलग अलग भए- पश्चिमी (कैथोलिक) तथा पूर्वी (अर्थोडक्स धर्म) । धर्म सुधार आन्दोलन सोह्रौं शताब्दी । युरोपमा निकै सशक्त सामन्तवाद विरोधी तथा कैथोलिक धर्म विरोधी आन्दोलनको फलस्वरूप प्रोटेस्टेन्ट धर्मको उद्भव भयो ।

    यी सबै धर्मका धर्मगुरुले परम्परागत धर्मसूत्रलाई आधुनिकीकरण गरिरहेका छन् । आफ्नो सिद्धान्तलाई “युगको भावना” अनुसार परिमार्जन गरेर लैजाने प्रयत्न गरिरहेका छन् । चर्चका सामाजिक सिद्धान्त जीवनका जीवन्त प्र्रश्नप्रति उनीहरूका दृष्टिकोणमाथि पुनर्विचार भइरहेको छ । कतिपय इसाई सङ्गठन र सो धर्मप्रति आस्था राख्ने धेरै मानिसले पुँजीवादको भत्र्सना गर्दछन् । राष्ट्रिय तथा जनवादी स्वतन्त्रताको पक्षपोषण गर्दछन् ।

    कम्युनिस्ट पार्टीले शान्ति, सामाजिक प्रगति, राष्ट्रको न्यायोचित सम्बन्धका लागि इसाई तथा अन्य धर्मानुयायी इसाई धर्मको गलत अवधारणा, जो आधारहीन छ । त्यसको पर्दाफास गर्दछ ।

    इसाई धर्ममा एउटा धारा इसाई समाजवाद (क्रिस्चियन सोसिलिज्म) पनि छ, जसले मिहिनेतकस वर्गको मुक्ति र आमूल परिवर्तनद्वारा जनतालाई वास्तविक मुक्ति र सुख प्राप्त हुन्छ, त्यो दिशामा जाने असल मार्गमा इसाई समाजवादले रोक्ने कार्य गर्दछ ।

    बुद्ध धर्म
    विश्वव्यापी धर्ममध्ये एक, जसले इच्छा, लालसालाई परित्याग र निर्वाणका माध्यमले सबै दुःख–कष्टबाट छुटकारा पाउने कुराको प्रचार प्रसार गर्दछ । यस धर्मको उद्भव ई.पू. पाँचौँ, छैटौँ शताब्दीमा नेपाल र भारतमा प्रचलित विभिन्न अवैदिक मतमध्ये एकबाट भएको हो । वर्तमान कालमा यो धर्म श्रीलङ्का, जापान, चीन, नेपाल, भारत, बर्मा, तिब्बत (लामापन्थको रूपमा) तथा अन्य कतिपय देशमा व्यापक रूपमा प्रचलित धर्म हो ।

    बुद्धले वैदिक धर्म, त्यसको पवित्र वर्णभेद, देवीदेवताको पूजापाठको प्रखर तथा जटिल बली प्रथाप्रति जनतामा व्याप्त असन्तोषलाई आफ्नो राजपाट त्यागेर मुक्तिको मार्ग खोज्न निस्किए । आरम्भमा बुद्धका विचार नीतिकथा, लोककथा, दन्त्यकथामा प्रचलित थियो । पछि यसले दार्शनिक मान्यता प्राप्त ग¥यो । यस सिद्धान्तअनुसार मोक्षको बाटो नै धर्मको मुक्तिको बाटो हो । उनले दुःख–कष्टबाट मुक्तिको एक मात्र बाटो सांसारिक जीवनबाट मुक्ति भएर निर्वाण प्राप्त गर्नु हो भने । बुद्धले मूर्तिपूजालाई अवीस्कार गरेतापनि पछि यसमा महायान नयाँ धारा सम्मिलत गरियो, जो हीनयानको धारा विरुद्ध छ ।

    इस्लाम अर्थात् मुस्लिम धर्म
    विश्वको धर्ममध्ये एक मुख्यतया मध्यपूर्व, दक्षिणपूर्वी एसिया तथा उत्तर अफ्रिकाको देशमा व्याप्त इस्लामको जन्म पश्चिम अरबमा सातौँ शताब्दीमा अरब र जनगणको आदिम सामुदायिक प्रणालीबाट समाजमा सङ्क्रमणका बेला र सामन्ती धर्म तान्त्रिक अरब खलिफा राज्यको एकीकरणको अवधिमा भयो । इस्लाम पवित्र धर्मग्रन्थ कुरान मार्फत् प्रतिपादित गरियो ।

    यो आदिम धर्मको साथसाथै यहुदी धर्म, इसाई धर्म तथा जरतुस्त धर्मका तहलाई संस्लिष्ट गरेर बनाइएको धर्म हो । यसको मुख्य आधार सर्वशक्तिमान अल्लाहमा आस्था राखिन्छ, जसको इच्छाअनुसार साथै घटना घट्ने गर्दछन् भन्ने मान्यता छ । मानिसको भाग्य पूर्व निर्धारित छ भनेर मानिन्छ । इस्लाम धर्मले अल्लाहको समक्ष मानिसको पूर्ण असमर्थताको विचारलाई उनीहरूको हृदयमा बसाल्नुका साथै आफ्ना अनुयायीहरूलाई धैर्य राख्न अल्लाह र पैगम्बरप्रति शिर निहु-याउन आग्रह गर्दछन् ।

    अनुयायीलाई धार्मिक कर्तव्य, उनीहरूको जीवन विचार र आचरणलाई इस्लामको साथ जोड्छन् । मृत्युपछि स्वर्गप्राप्तिको कुरा पनि गर्दछन् । उच्छृखललाई नरकमा यातना पाउने कुरा पनि गरिन्छ । अनुयायीहरूलाई दैनिक नमाज पढ्ने, रोजा बस्ने, हजको यात्रामा जाने कुरालाई जोड गरिन्छ । यसका सिया र सुन्नी मुख्य शाखा छन् । कहिलेकाँही यिनीहरूका बीचमा चर्को द्वन्द्व पनि हुने गरेको छ । यद्यपि कतिपय देशमा ‘इस्लामी समाजवादको’ नारा मार्फत् राष्ट्रिय मुक्ति आन्दोलन चलाउने प्रयत्न भएका पनि छन् । यद्यपि कम्युनिस्ट विचारधारा इस्लाम धर्मावलम्बीलाई अमान्य हुनुपर्दछ भन्ने सशक्त मान्यता छ ।

    बुधबार, मङि्सर ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.