काठमाडौं । नेकपा (माओवादी) केन्द्रको आठौं महाधिवेशनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले शुभकामना दिनुहुने भएको छ ।
Advertisement
माओवादीको आठौं महाधिवेशन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । माओवादीले कार्यक्रम उद्घाटनका क्रममा शुभकामना दिन राजमोसहित विभिन्न दललाई निमन्त्रणा गरेको छ ।
प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा १ हजार ६ सय ३१ जना प्रतिनिधि सहभागी हुँदै छन् । १५ गतेसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।