• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालमा भारतीय हस्तक्षेप


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    भारत धेरै क्षेत्रफल भएको ठुलो साम्राज्यवादी देश हो । उसको आफ्ना स्वार्थ छन् । आफ्ना छिमेकी देशहरूलाई आफ्नो देशको सीमाभित्र पारेर त्यहाँका जनतालाई शासन गर्ने र प्राकृतिक साधनश्रोतको उपयोग गर्ने उसको चाहना हुन सक्छ । अझै नेपाल त भूपरिवेष्ठित र तीनतिर भारतसँग जोडिएको सानो र विकासशील देश हो । यहाँका प्राकृतिक श्रोतहरू उपयोग गर्ने मात्र होइन, इमान्दार नेपाली जनतालाई शासन गर्न पाए भारतीय शासकहरूलाई राम्रो, सजिलो र फाइदाजनक हुने थियो ।

    Advertisement

    बेलायती शासकबाट १९० वर्षसम्म भारतले औपनिवेशिक शासन बेहोरेकै पनि हो । त्यतिखेर पनि अङ्ग्रेज शासकले नेपाललाई भारतको सीमाभित्र पार्न सकेसम्मको कोसिस गरेकै हुन् । हाम्रा पुर्खाले लडेरै जोगाएको देश हो । त्यसपछि पनि भारतको चाहनाले हुने भए हिमालय पर्वतदेखि दक्षिण रहेको सबै भूभाग कब्जा गरेर हिमाल आफ्नो उत्तरी सीमा बनाउन सकेसम्मको कोसिस गरेको इतिहास साक्षी छ ।

    हिमाललाई आफ्नो उत्तरी सीमा बनाउन पाएको भए हजारौँ सीमारक्षक राख्नैपर्ने थिएन । त्यति मात्रै होइन, दक्षिणतिरको सीमामा ठाउँ हेरी हेरी अलि अलि सीमा मिच्नैपर्ने थिएन तर नेपालीहरूको प्रयत्न भारतीय चाहना विपरीत भएकाले थोरै थोरै मिचेर गोलमाल मच्चाउने बाहेक पूरै सीमा आफ्नोभित्र पार्ने आँट गर्न सकेकै छैन । भारतीय शासकको सपना अहिलेसम्म पूरा हुन पाएको छैन मात्र होइन, कहिल्यै पूरा हुने छैन ।

    धनी व्यक्तिले गरिब व्यक्तिलाई थिचोमिचो गर्ने, धनी देशले गरिब देशलाई र ठुलो देशले सानो देशमाथि ज्यादती गर्ने वर्तमान व्यवस्थाको विशेषता नै हो । अझ अचम्मको कुरा त देशका नेता गनिएका, भनिएका व्यक्तिलाई आफूले भनेको मात्र बनाएर त्यो देशका प्राकृतिक श्रोत आफूले उपयोग गर्ने चलन धेरै पहिलेदेखि चल्दै आएको छ । विश्वमा मानव अधिकार, अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व जतिसुकै राम्रा र उच्चस्तरका कुरा र संस्था बनाए पनि शक्तिसम्पन्न राष्ट्रले आफ्नो मनपरी गर्ने काम छाडेका छैनन् । त्यही देखेर, सिकेर होला, भारतले पनि नेपालमाथि हस्तक्षेप गर्न छाडेको छैन ।

    फेरि आफू नेता बन्न पाए जनताले जति दुःखकष्ट सहे पनि, विदेशी शक्तिले जति थिचोमिचोमा पारे पनि हुने कारण नेता बनेपछि आफूले उपयोग गर्ने उच्च सुविधा जनताको भन्दा उच्च भएको र आफ्नो गुणगान गर्ने÷गराउने परम्पराले गर्दा पनि होला, मौका हेरी हेरी नेतालाई आफ्नो बनाउने र यहाँका प्राकृतिक श्रोतसाधन भारतले उपयोग गर्ने गरेको । म नेता बरु हुन्न, जनता हुन्छु† जनताले साथ र सहयोग गरेको मान्छेलाई नेता बनाऔँ भन्ने सोच कहिल्यै आउन सकेन । जनता हुन मुश्किल हुने तर नेता हुन पाए भारतको हस्तक्षेप जनताले तुरुन्तै थाहा पाउने, आफू ठुलो मान्छेमा गिन्ति भएर आफ्नो गुणगान गर्न÷गराउने पाइने सुविधाका कारणले पनि जनताले थिचोमिचो सहज पर्ने भएको हुन सक्छ ।

    भारतले हस्तक्षेप गरेका धेरै उदाहरण छन् तर नेपाली नेताले त्यसका विरुद्ध आवाज उठाएर जनतालाई आह्वान गरेका धेरै मात्र घटना खोजेर मुस्किलले भेट्टाउन सकिन्छ । होइन भने लामो समयसम्म आफू नेता बन्न पाए देश र जनताले जतिसुकै दुःख पाउन् भन्ने धेरै छन् ।

    राज्यसत्ता ठुलो सङ्गठित संस्था भएकाले राज्यसत्ताको नेतृत्व गर्न कस्सिने तर आफ्नो देशको सार्वभौमसत्ता जोगाउन नकस्सिने भएका कारण पनि भारतीय हस्तक्षेप बढेको हो । राज्यसत्तामा आफ्नो मान्छे घुसाउने र आफूले भने जस्तो गरी शासन गर्ने पनि भारतको हस्तक्षेपको तरिका हो ।

    भारतीय हस्तक्षेपको ज्यादती अत्यन्त बढी छ । नेपाली जनताले आफ्ना प्रतिनिधिको चुनाव गरेर संविधान बनाएर घोषणा गरेको समेत भारतलाई सह्य नभएर नाकाबन्दी लगायो । यसरी पटक पटक नेपाल जनताले धेरैपटक भारतको हस्तक्षेपको प्रतिरोध गरेका छन् र भारतले अझै कमजोरीबाट फाइदा उठाउने काम गरिरहने छ ।

    भारत सुरक्षा संयन्त्र, पुँजीपति, गुप्तचर संस्था, शासन संयन्त्र सबैका हिसाबले उच्च छ । नेपालप्रति उसको गिद्दे दृष्टिकोण छ । हामीले अन्तर्राष्ट्रिय न्यायिक संस्थामा उजुरी गरेर मुद्दा लडेर भए पनि आफू सुरक्षित हुन सिक्नुपर्छ । न लड्न सक्ने, न मिल्न सक्ने—यो पनि राज्यसत्ताका लागि अवसरवादी तरिका हो ।

    अरू देशका शासकले आफ्नो राष्ट्रिय हित हुने विषयमा अवसरको उपयोग गर्छन् तर हाम्रो देशका शासक विदेशीको हितका लागि राष्ट्रिय हितको तिलाञ्जली दिन्छन् । आखिर यस्तो किन हुन्छ ? यसको एउटै निश्चित उत्तर छ ः हाम्रो देशका शासक जनताप्रति जवाफदेही हुनुको सट्टा विदेशी शासकको स्वार्थ पूरा गर्ने र जनतासँग शोषण गर्ने घिनलाग्दो तरिका प्रयोग गरिरहेका छन् । गर्न नसक्ने काम नगरे पनि गर्न सक्ने काम त गर्नुपर्ने हो । देश र जनताप्रति जवाफदेही राष्ट्रिय भावना कमजोर र विदेशीको इसाराले ठुलो हुने बढी छ ।

    भारतको हस्तक्षेप धेरैपटक र धेरै सङ्ख्याका असमान सन्धिसम्झौता गरेर पनि बढिरहेको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्बन्धमा नेपाल सरकारले भारतीय कम्पनी जी.एम.आर. सँग सम्झौता ग¥यो । नेपालका राजनैतिक दल र जनताले धेरैपटक जुलुससभा गरेर त्यो सम्झौता रद्द गर्न जिल्लाका प्रमुख जिला अधिकारीमार्फत र सोझै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाउने धेरैपटक गर्ने एकातिर साथै त्यो भारतीय कम्पनीले सर्तअनुसारको आर्थिक श्रोत जुटाउन नसक्ने अर्काेतिर—त्यति हुँदाहुँदै पनि उसैलाई म्याद थपिरहने भएको छ । यस्तो हुने कारण भारतका मान्छे नेपालको शासनयन्त्रमा धेरै बाक्लै छन् । त्यसकारण भारतको स्वार्थमा राज्यका तर्फबाट काम भइरहन्छ । त्यसैले हाम्रो राज्यसत्तामा नै बढी र ठुलो खोट छ ।

    पहिलो राज्ययन्त्रमा आमूल परिवर्तन गर्न आवश्यक छ । त्यो कुनै ठुलो अप्ठेरो काम नै थिएन र त जनताको माग सम्बोधन हुन सक्दैन भने सीमामिचाइ, जलसम्पदामा असमान सन्धिसम्झौतामा राष्ट्रियहित हुने गरी काम हुन्छ भनेर आशा गर्ने त अझै टाढाको विषय बनेको छ । कति नेपाली जनतासँग आफ्नो जग्गाको जग्गाधनी पुर्जा छ तर जग्गा भारतले बलमिच्याइँ गरेर आफ्नो सीमाभित्र पारेको छ । त्यो जग्गाधनी पुर्जा सरकारले दिएको कुनै अर्थ र उपयोग नै भएन । हाम्रो सरकार जनताप्रति जवाफदेही भएको भए त्यस्तो हुनै पाउने थिएन र भए पनि जग्गा फिर्ता गरेर आफ्नो जनताप्रति जवाफदेहिता प्रदर्शन गर्ने थियो तर त्यस्तो हुन सकेको छैन । त्यसको कारण सरकारका अङ्गलाई जनताको धनसम्पत्तिले सुसज्जित गराउन आतुरी छ । जनताप्रति जवाफदेहिता छैन ।

    भारतीय हस्तक्षेप नागरिक स्तरमा झन् चर्काे छ । नेपालीहरू इमान्दार छन् । ‘बहादुर’ भन्ने नामले बोलाएर काम गराउँछन् । भारीयहरू नेपालीलाई काम गराउन उत्सुक, खुसी र ढुक्क हुन्छन् तर फर्केर आफ्नो घर आउने समयमा सीमानाकामा र अन्य सहरसमेतमा झोला र पैसासमेत लुटिने समस्याले बढी सताइन्छन् । एकातिर त खुला सिमाना छ, त्यसले समस्या पारेको छ । अर्काेतिर, सिधासाधा भएकोबाट फाइदा उठाएर धेरै सताइन्छन् । भारतका नागरिकहरू इमान्दार पनि छन् तर राज्यसत्ताको प्रशिक्षण नेपालीहरूप्रति हेपाह किसिमको भएका कारण नेपाली जनता धेरै विषयमा अप्ठेरोमा पर्ने गरेका छन् ।

    धेरै नेपालीहरू भारतमा बसाइँसराइ गरेर अथवा बेला बेलाका लडाइँ र सन्धिका कारण सिमाना फरक पर्ने गरेर भारतमा पर्ने गरेका स्थायी बासिन्दा भएका धेरै नेपाली भारतका जनता छन् । नियम–कानुनका अन्य प्रावधानअनुसार पनि भारतको नागरिकता लिएको मात्रै होइन काम गर्न गएका तर नागरिकता, बसोबास जहान छोराछोरी सबै नेपालमा नै भएका धेरै सङ्ख्याका नेपाली पनि भारतमा छन् । भारतीय जनता र नेपाली जनताबिच लामो समयदेखि सहकार्य छ । धार्मिक मामिलामा भारतीय र नेपाली जनता एकै ठाउँमा छन् । हिन्दु, बौद्ध, मुस्लिम धर्मावलम्बी भारतमा पनि छन् । नेपालमा पनि छन् । उनीहरूका तीर्थस्थल र पवित्र मानिने ठाउँ, संस्था, मान्यता सबैमा सद्भाव, आवतजावत र मानमर्यादा सबै समान छ तर हाम्रो राज्यसत्ता भारतपरस्त बनाएर भारतको राज्यसत्ताले असमानता लाद्ने र शोषण बढाउने गरेको छ ।

    भारतीय हस्तक्षेपको तरिका कति निम्नस्तरसम्म गिरेको छ भने राज्यसत्ताकै सल्लाहमा बनाएको नेपाली र भारतीय राजनीतिमा चासो राख्ने प्रबुद्ध व्यक्तिहरूबिच छलफल र निर्णय भएर बनाइएको बुद्धिजीवीहरूको धेरैपटक नेपाल र भारतमा बसेको बैठकको निर्णयअनुसार बनाइएको र अन्तिम रूप दिइएको प्रतिवेदन स्वयम् भारतीय शासकले धेरै वर्ष बितिसक्दा समेत बुझ्न मानेको छैन । यसबाट सर्वसाधारण नागरिकले पनि बुझ्न, थाहा पाउन र भारतीय हस्तक्षेपलाई सजिलै मूल्याङ्कन गर्न सक्छन् ।

    भारतीय शासक नेपालमाथि ज्यादती गर्न र गरिरहन चाहन्छ तर हामीले दुःख मान्नुपर्छ, नेपालका राजनीतिक पार्टीहरू सत्तामा पुग्न जस्तोसुकै मूल्य चुकाउने प्रयास गर्न कस्सिन्छन् तर राष्ट्रिय स्वाभिमान र भारतीय हस्तक्षेपको विरुद्ध सङ्घर्ष गर्न र देशको सार्वभौमसत्ता बलियो बनाउने नेपाली जनतासित एकाकार हुन सक्दैनन् । यस्तो हुनुको एउटै कारण छ– उनीहरूलाई सत्ता चाहिएको छ† धनपैसा चाहिएको छ तर जनताको मन जित्न र जनतासित एकाकार हुने अवस्था चाहिएको छैन । दलाली र चाकरी चाहिएको छ । स्वाभिमान गिरे गिरोस्, त्यसको मतलब उनीहरूलाई चाहिएको छैन । त्यही कमजोरी थाहा पाएर भारतीय शासकवर्गले पटक पटक गोप्य, असमान र खुल्लमखुला मानमर्दन हुने गरी हस्तक्षेप गर्ने वा गरिरहने गरेको छ । यो तरिका त्यतिखेरै रोकिने छ, जतिखेर हाम्रा ठुला भनिएका राजनैतिक पार्टी जनताको मन जित्ने पैसाले भोट किन्ने र जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन छाड्ने छन् ।

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • २.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ७.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ८.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.