• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘एमसीसी संसदमा प्रस्तुत भए दृढतापूर्वक अस्वीकार गरौँ’


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • सम्माननीय सभामुखज्यू,
    १. आज हुन थालिरहेको प्रतिनिधिसभाको यो बैठकको लागि मैले धेरै नै प्रशन्नता प्रकट गर्दछु । लामो समय पछि यो बैठक हुन थालिरहेको छ । लोकतन्त्रको मूल भनेको प्रतिनिधि सभा नै हो । जनताले आफ्ना प्रतिनिधिहरु चुनेर प्रतिनिधि सभामा पठाउँछन् । प्रतिनिधि सभा नै नियमित भएन भने लोकतन्त्रको आधार नै समाप्त हुन्छ । त्यसकारण विभिन्न दलहरुका बीचमा जे जति मतभेद भए पनि प्रतिनिधि सभालाई सुचारु राख्नु हामी सबैको कर्तव्य हुन्छ र त्यसका लागि मैले सबै माननीय सदस्यहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।

    Advertisement

    २. एमसीसीको प्रश्न अहिले देशको गम्भीर राजनीतिक विवादको प्रश्न भएको छ । यो प्रश्नमा हुने कुनै पनि गलत निर्णयबाट देशका वृहत्तर र दीर्घकालीन हितमाथि गम्भीर कुठाराघात पुुग्नेछ । त्यसैले यसबारे दुरदर्षितापूर्वक र सन्तुलित प्रकारले विचार र निर्णय गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले सवै माननीयहरु तथा सरकारको समेत ध्यानआकर्षित गर्न चाहन्छ ।

    ३. अमेरिकाका कैयौँ उच्चअधिकारीहरुले समेत एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग भएको कुरा स्वीकार गरिसकेका छन् । प्रकट रुपमा एमसीसी विकासको कार्यक्रम हो । तर त्यसको मुख्य उद्देश्य इण्डोप्यासिफिक रणनीतिको सेवा गर्नु नै हो ।

    ४. एमसीसीलाई संसदद्वारा पारित गरिएमा त्यसका कैयौँ दुष्परिणामहरु हुने कुरा निश्चित छ । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । एमसीसीलाई स्वीकार गर्नुको परिणाम अमेरिकाको सैनिक क्याम्पमा सामेल हुनु हुनेछ र त्यसरी नेपालको असंलग्न परराष्ट्र नीतिमा कुठाराघात पुग्नेछ ।

    ५. चीन र भारत हाम्रो छिमेकीमित्र देश हुन् । हामीले ती दुवै मध्यै कुनै पनि देशका विरुद्ध युद्धमा सामेल हुनु नेपालका लागि घातक परिणामहरु हुनेछन् । एमसीसीको उद्देश्य चीनका विरुद्धको मोर्चाबन्दीमा हिन्द प्रशान्त क्षेत्रका अन्य देशहरुका साथै नेपाललाई पनि सामेल गराउनु हो । त्यसैले एमसीसीलाई स्वीकार गर्नुको परिणामस्वरुप नेपाल अमेरिकाको शैन्य अखडामा बदलिनेछ र नेपाल शितयुद्धको केन्द्र बन्न जानेछ ।

    ६. पाँच दलीय गठबन्धनले एमसीसीलाई आफ्नो न्युनतम कार्यक्रमा सामेल गरेको थिएन र त्यसपछि अमेरिकाले लगातार त्यसलाई पारित गराउनका लागि सरकार माथि दवाव दिइरहेको छ । त्यसका पछाडिको उद्देश्य नेपालको हित नभएर आफ्ना साम्राज्यवादी रणनैतिक स्वार्थको पूर्ति नै हो ।

    ७. उपरोक्त सबै कुराहरु माथि ध्यान दिँदै एमसीसीलाई संसदद्वारा पारित गराउने कुनै पनि प्रस्ताव संसदमा प्रस्तुत नगर्नको लागि अनुरोध गर्दै प्रतिनिधि सभाका सबै माननीय सदस्यहरुसित पनि त्यसप्रकारका कुनै प्रस्तावका विरुद्ध दृढतापूर्वक अस्वीकार गर्नका लागि अपील गर्दछु ।

    ८. सम्बन्धित सबै कुराहरु मथि विचार गर्दा देशमा प्रतिगमनको अझै पनि गम्भीर खतरा रहेको कुरा स्पष्ट छ । पाँच दलीय गठबन्धनले नै प्रतिगमनलाई पराजित गरेको थियो । अझै पनि प्रतिगमनको खतरा विद्यमान रहेकोले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन चहान्छ । त्यसैले नै हामीहरु देशलाई प्रतिगमन र अधिनायकवादको खतराको दिशामा जानबाट रोक्न सफल हुनेछौँ र रोक्नु पनि पर्दछ ।

    (२०७८ पुस ६ गते बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रस्तुत गर्न लैजानुभएको लिखित मन्तव्य । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण उहाँले बोल्न पाउनुभएन ।)

     

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.