गणेश अधिकारी, पोखरा ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको सम्मेलन आउँदो माघ १५ गते हुने भएको छ । राजमो प्रदेश समन्वय समितिको बैठकले माघ १५ गते पोखरामा सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलन सफल पार्न प्रदेश अध्यक्ष शंकर बरालको नेतृत्वमा ७ सदस्यीय मूल समिति गठन गरिएको छ । जसमा अमर थापा, राजेन्द्र ढुंगाना, पियारी थापा, खिमविक्रम शाही, रविमोहन ढकाल, वेदिलाल सापकोटा र गणेश अधिकारी रहनुभएको छ ।
यस्तै, वेदिलाल सापकोटाको नेतृत्वमा प्रचार प्रसार समिति, रविमोहन ढकाल नेतृत्वमा अर्थ समिति, गणेश अधिकारीको नेतृत्वमा मञ्च व्यवस्थापन समिति निर्माण गरिएको छ । यसैगरी विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरु तय गर्न सम्बन्धित जिल्लाका भेला तथा बैठक बसाउन जिम्मेवारी बाँडफाँट गरिएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिले माघमा सातवटै प्रदेशमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको थियो ।