• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपरस्त तत्वले पार्टीमाथि कपट गरेको राजमो नेता शर्माको आरोप


  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले पार्टीबाट फुटेर गएको समूहले पार्टीमा रहँदा कपटपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ । हालै कथित भेला गरेर ‘ने.क.पा. (मसाल) केन्द्रीय समन्वय समिति’ बनाएको सो समूहले केही वर्षअघि देखि नै पार्टीभित्र बेग्लै समिति बनाएर गुटबन्दी गरेको तर, त्यसलाई अस्वीकार गर्ने गरेको बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौंले शनिबार कपनस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता शर्माले फुटपरस्तहरुले कपटको राजनीति गरेको बताउनुभएको हो ।

    ‘फुटपरस्त तत्वले हालै बुटवलमा गरेको कथित भेलापछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र पहिल्यैदेखि ‘सूचना केन्द्र’ बनाएर काम गर्ने गरेको भनेर स्वीकार गरिएको छ’ शर्माले भन्नुभयो, ‘राजनीतिमा मतभिन्नता हुनसक्छ । तर छलकपट र षडयन्त्र गरेर राजनीति सफल हुँदैन ।’

    शर्माले नेकपा (मसाल) ले चुनावलाई उपयोग गरेको र शान्तिपूर्ण जनसंघर्षलाई अँगालेर पार्टी दक्षिणपन्थी भयो भन्ने आरोप लगाउनेहरुले पनि त्यही नीति अँगाल्न आइपुगेको उहाँले बताउनुभयो ।

    ‘पार्टी चुनावदेखि चुनावसम्म भयो । वर्गसंघर्ष गरेन । शान्तिपूर्ण संघर्ष गर्यो । त्यसकार पार्टी दक्षिणपन्थी भयो भनेर चर्का कुरा गर्नेहरु अहिले त्यही कार्यनीति अँगाल्न आइपुगेका छन् । खोइ उनीहरुको वर्गसंघर्ष ? खोइ क्रान्तिकारिता ? प्रश्न गर्दै शर्माले भन्नुभयो ।

    उहाँले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले अँगालेका नीति, सिद्धान्त र विचार नै देश र जनताको वास्तविक विचार भएको भन्दै कार्यकर्तालाई दृढातापूर्वक आन्दोलनमा सरिक हुन तथा अलमलमा परेका कार्यकर्ताहरुलाई बाटो नबिराउन आग्रह गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा आयोजना गरेको दुई महिने (मंसिर र पुस) आर्थिक अभियान सफल पार्न योजना बनाउने उद्देश्यले सो भेलाको आयोजना गरिएको हो । भेलाले विभिन्न योजना पारित गर्दै आर्थिक संकलनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरेको छ ।

    कार्यक्रममा एमसीसीविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउनेबारे समेत छलफल भएको थियो । यस्तै, फुटपरस्त तत्वहरुको गतिविधि र पार्टीविरुद्ध उनीहरुले भ्रम पार्न गरिरहेका प्रयासबारे पनि भेलामा सहभागीले आ–आफ्ना धारणा राखेका थिए ।

    भेलामा अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर मगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोकाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    राजमो काठमाडौंका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता तथा समिर सिंहको सञ्चालन र रमेश पौडेलको स्वागतबाट अघि बढेको कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, राजमो केन्द्रीय सदस्यद्वय लक्ष्मी केसी र सुधा शर्मा, अखिल नेपाल बुद्धिजिवी संघका कोषाध्यक्ष भोला ढकाल, नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगत रेग्मी, जातीय समता समाजका महासचिव भक्त विक, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमको पनि आतिथ्यता रहेको थियो ।

     

    शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.