बागलुङ बजार। राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा पुगेको छ । २०७८ मङ्सिर २६ गते बिनामारेको पर्यटकीय स्थल रिठेडाँडामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला सम्पन्न भएको हो ।
प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले केपी ओलीको कदमका कारण राष्ट्रियता र गणतन्त्र सङ्कटमा परेको बताउनुभयो ।
जब जब देश सङ्कटमा पर्छ, राष्ट्रिय जनमोर्चा मुलुक जोगाउनका लागि जनतामाझ पुगेको स्मरण गर्दै उहाँले देश बचाउनका लागि गाउँ गाउँ बस्ती बस्तीबाट उठ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्वकेन्द्रीय सल्लाहकार नरबहादुर पुन, जैमिनी–५ का वडाध्यक्ष तथा जिल्ला सल्लाहकार गोपालप्रसाद शर्मालगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, नगर अध्यक्ष डिलबहादुर श्रीस, अखिल नेपाल युवक सङ्घका प्रदेश सचिव सञ्जाल शर्मा, जातीय समता समाजका रामकुमार विक, राष्ट्रिय जनमोर्चा जैमिनीकी कोषाध्यक्ष शान्तकला शर्मा, युवक सङ्घका नगर सदस्य ओमबहादुर थापा, अखिल नेपाल महिला सङ्घकी नगर सदस्य पूर्णकला आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
जैमिनी–५ का राजमो अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको स्वागत हर्कबहादुर थापाले गर्नुभएको थियो भने सञ्चालन नारायण पौडेलले गर्नुभएको थियो ।

यो पनि….. बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान जारी, एकै दिन ६ ठाउँमा प्रशिक्षण
राजमो बागलुङको विशेष संगठनात्मक अभियान : जैदी र नारायणस्थानमा भेला सम्पन्न
बागलुङमा राजमोको संगठनात्मक अभियान जारी, छिस्ती र अमलाचौरमा प्रशिक्षण
विशेष संगठनात्मक अभियान राङखानीमा
बागलुङमा राजमोका विशेष संगठनात्मक अभियान जारी