• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपालमा हाम्रो प्राकृतिक सहयात्री हो


  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
  • अब्दुल्लाह कैफी
    अध्यक्ष मण्डल सदस्य, बंगलादेश कम्युनिस्ट पार्टी तथा संयोजक, आइकोर एसिया

    Advertisement

    ० तपाईंं काठमाडौँमा कुन अवसरमा आउनुभएको थियो ?

    – सर्वप्रथम त मलाई अन्तर्वार्ता दिने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । म नेकपा (एमाले) को दशौँ महाधिवेशनमा सहभागी हुनका लागि नेपाल आएको थिएँ ।

    ० तपाईंको पार्टी अर्थात् बङ्गलादेश कम्युनिस्ट पार्टीको महाधिवेशन कहिले हु“दै छ ?

    – हाम्रो पार्टीको बाह्रौँ महाधिवेशन आगामी फेबु्रअरी १०–१३, २०२२ मा हुने तय भएको छ । कोरोना महामारीका कारण निर्धारित समयभन्दा एक वर्षपछि यो महाधिवेशन हुन लागेको हो ।

    ० के तपाईंंले हामीलाई आफ्नो पार्टीको अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी नीतिबारे जानकारी दिन सक्नुहुन्छ ?

    – साम्राज्यवादले समाजवाद र माक्र्सवाद–लेनिनवादमाथि वैचारिक रूपमा प्रहारलाई तीव्र पारेको छ । यसले शान्ति, लोकतन्त्र र प्रगतिका सबै शक्तिमाथिको प्रहार पनि तीव्र बनाएको छ । साम्राज्यवाद र विस्तारवाद साम्प्रदायिकताका संरक्षक हुन् । अफगानिस्तानमा अमेरिकी साम्राज्यवादले तालिबानलाई सत्ता हस्तान्तरण गरेपछि यसबाट दक्षिण एसियामा सामाजिक र राजनीतिक अशान्ति सिर्जना गर्छ । हाम्रो दृष्टिकोणमा विश्वका क्रान्तिकारी मजदुर वर्गका दलहरूले आफ्नो सहकार्यलाई अझ बलियो बनाउन र एकताबद्ध रूपमा साम्राज्यवादको विरुद्ध वैचारिक र राजनीतिक लडाइँ अझै अगाडि बढाउनु जरुरी छ । त्यसैले हामी कम्युनिस्ट पार्टीभित्रको एकता, कुनै खास देशमा कम्युनिस्ट पार्टीहरूबिचको एकता र क्षेत्र र सम्पूर्ण विश्वका कम्युनिस्ट पार्टीहरूबिच गठबन्धनको वकालत गरिरहेका छौँ ।

    हाम्रा देशविशेषका अलग अलग समस्या भए पनि हामी दक्षिण एसियाका एक अर्ब नौ करोड जनताका साझा समस्या छन् । गरिबी, साम्प्रदायिकता, अशिक्षा, पुँजीवादी शोषण, साम्राज्यवादी र विस्तारवादी आक्रमण हाम्रा साझा शत्रु हुन् । हामी दक्षिण एसियाका उत्पीडित जनताले गरिबी, भोकमरी, साम्प्रदायिकता, पुँजीवाद, साम्राज्यवाद र विस्तारवाद अर्थात् सबै खाले दादागिरीको विरुद्ध मिलेर लड्नुपर्छ ।

    ० नेकपा (मसाल) र बङ्गलादेश कम्युनिस्ट पार्टी र हामी दुई पार्टीका भ्रातृ सङ्गठनमाझको सम्बन्ध अभिवृद्धिका लागि थप नीति के निश्चित गर्नुभएको छ ?

    – नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपालमा हाम्रो प्राकृतिक सहयात्री हो । आई.सी.ओ.आर. (क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय) को सदस्य पार्टी भएकाले हामी दुवै पार्टीको माझमा निकै न्यानो सम्बन्ध छ । यो सम्बन्ध आगामी दिनमा पनि कायम रहिरहनेछ र अझै प्रगाढ हुने छ । हामीमाझ पार्टी–पार्टीमाझको सम्बन्ध छ र यसका साथसाथै हामी हाम्रा जनसङ्गठन स्तरमाझको सम्बन्धलाई अझ अगाडि बढाउन सक्छौँ ।

    ० तपाईंको पार्टीले आगामी दिनमा दोस्रो विश्व किसान सम्मेलन गर्न लागेको छ । त्यससम्बन्धी तपाईंहरूको तयारीका बारेमा केही भन्न सक्नुहुन्छ ?

    – यो प्रश्न सोध्नुभएकोमा धन्यवाद । यो दोस्रो विश्व किसान सम्मेलन कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएको छ । अर्को वर्ष हाम्रो पार्टी काङ्ग्रेस (महाधिवेशन) र हाम्रो कृषक समितिको सम्मेलन पनि छ । सन् २०२२ को अन्त्यमा वा २०२३ को सुरुवातमा हामीले दोस्रो विश्व किसान सम्मेलन आयोजना गरिने छ भन्ने आशा राख्दछौँ । सम्मेलनलाई भव्य रूपमा सफल बनाउन हामी सबैले सक्दो प्रयास गर्ने छौँ । अग्रिम रूपमा हामी तपाईंंहरूको किसान सङ्गठन (अखिल नेपाल किसान महासङ्घ–अप्फा)र अन्य किसान सङ्गठनलाई आमन्त्रित गर्दछौँ ।

    अन्तमा म नेकपा (मसाल) का सम्पूर्ण कमरेड तथा यस मिडियाका सम्पूर्ण पाठकहरूप्रति शुभकामना व्यक्त गर्दछु ।

    (अङ्ग्रेजीबाट नेपालीमा अनुवाद : मधु क्षेत्री)

    शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.