काठमाडौं । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
Advertisement
जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमाने फर्किंदै गरेको ग १ ख २१०९ नम्बरको बस सोमबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। घाइते सबै खतरामुक्त छन्।