काठमाडौँ । नेकपा (मसाल) ले अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठप्रति श्रद्धाञ्जली तथा नेकपा (माओवादी केन्द्र) का स्थायीय समिति सदस्य वर्षमान पुनप्रति स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ मङ्सिर ११ गते जारी वक्तव्यमा सो जानकारी दिइएको हो ।
यस्तो छ, वक्तव्यको पूर्ण पाठ
“हाम्रो पार्टीका सदस्य क. चन्द्रबदन श्रेष्ठ (क. पूरा) को २०७८ मङ्सिर १० गते कपिलवस्तु आफ्नै निवासमा निधन भएको छ । हाम्रो पार्टी उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गर्दछ । उहाँ सङ्घर्षशील कामरेड हुनुहुन्थ्यो । निरङ्कुश पञ्चायती व्यवस्था र २०६२–६३ सालको जनान्दोलनमा उहाँले उत्साहपूर्वक भाग लिनुभएको थियो । त्यस क्रममा उहाँ पटक पटक प्रहरी हिरासतमा समेत पर्नुभएको थियो । उहाँले हाम्रो पार्टीको महिला मोर्चासहित विभिन्न सङ्गठनमा रहेर काम गर्नुभएको थियो । उहाँको निधनबाट हाम्रो पार्टी ठुलो क्षति पुगेको छ ।
नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य क. वर्षमान पुनको जटिल प्रकृतिको जन्डिसबाट पीडित हुनुहुन्छ । स्थास्थ्योपचारमा उल्लेखनीय प्रगति नभएपछि उहाँलाई थप उपचारका लागि थाइल्यान्डबाट चीन लगिएको छ । हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”