• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एमालेको दशौँ महाधिवेशन वा प्रतिगमन र अधिनायकवादको पूर्वअभ्यास ?


  •   बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    चितवनमा एमालेको दशौँ महाधिवेशन हुँदै छ । प्रकट रूपमा त्यो महाधिवेशन आगामी चुनावको लागि तयारी हो । सत्ताबाट हटेपछि एमालेको सम्पूर्ण ध्यान आगामी चुनावतर्फ नै छ । उनीहरूको जोड मध्यावधि चुनावतर्फ नै छ । त्यो चुनाव उनीहरूले भने जस्तो मध्यावधि चुनाव हुने छ वा समय पूरा भएर आम निर्वाचन हुनेछ ? त्यो कुरा आउने दिनहरूमा नै प्रष्ट हुनेछ । तर त्यो चुनाव जुनसुकै प्रकारको भएपनि त्यसमा दुई तिहाई बहुमत प्राप्त गर्ने प्रकारले नै एमालेले तयारी गरिरहेको छ । अहिलेको उनीहरूको महाधिवेशन पनि त्यही उद्देश्यको लागि पूर्व अभ्यास वा पूर्व तयारी हो ।

    अहिलेको एमालेको महाधिवेशन वास्तवमा आगामी चुनावका लागि नै पूर्व तयारी हो भन्ने कुरा आम रूपमा बुझ्न सकिन्छ । तर कुरा त्यो भन्दा गम्भीर छ । कैयौँ गुणा बढी गम्भीर छ । घटनाक्रमको विकास एमाले वा ओलीले भने जस्तो हुँदै गयो र चुनावमा उनीहरूलाई बहुमत वा दुई तिहाई बहुमत प्राप्त भयो भने त्यसका दुईवटा परिणामहरू हुनेछन् । प्रथम, देश प्रतिगमनतिर जानेछ । द्वितीय, देशमा अधिनायकवादी वा फासिष्ट शासन कायम हुनेछ । ओलीले गत वर्षहरूमा जुन प्रकारको व्यवहार गर्दै आएका छन् वा उनले जुन प्रकारको कार्यशैली अपनाउँदै आएका छन्, त्यसमाथि सर्सरी प्रकारले पनि विचार गर्ने हो भने ओलीको नेतृत्वमा देश प्रतिगमन र फासिष्ट शासनतिर जाने कुरा निश्चित छ । पाँच दलीय गठबन्धन, जनताको व्यापक आन्दोलन तथा सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट नै ओलीको बारम्बार संसदको विघटन गरेर देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजाने प्रयत्न असफल भएको थियो र उनको सरकार पनि अपदस्थ भएको थियो ।

    जुन कारणहरूको परिणामस्वरुप ओलीको देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने प्रयत्न असफल भएको थियो, त्यो कुरा उनले(ओलीले) राम्ररी बुझेका छन् । त्यसरी उनले अहिले ती तीनवटै कारणहरूमाथि आक्रमण गरिरहेका छन् । उनको सबैभन्दा बढी हमला पाँच दलीय गठबन्धनमाथि नै छ । पाँच दलहरू मध्ये पनि उनको सबैभन्दा बढी हमला माधव र खनाल पक्ष वा उनीहरूको एकीकृति(समाजवादी)माथि नै छ । उनीहरूले ओलीको विरुद्ध मात्र होइन, उनको देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजाने षडयन्त्रका विरुद्ध विद्रोह गरेका थिए । त्यसरी ओलीको षडयन्त्रलाई असफल पार्नका लागि उनीहरूको विद्रोह नै निर्णयात्मक कारण बनेको थियो । ओली माधव–खनाल पक्षका केही सांसदहरूलाई फुटाएर आफूतिर लैजान सफल भएका थिए ।

    अहिलेको एमालेको महाधिवेशन वास्तवमा आगामी चुनावका लागि नै पूर्व तयारी हो भन्ने कुरा आम रूपमा बुझ्न सकिन्छ । तर कुरा त्यो भन्दा गम्भीर छ । कैयौँ गुणा बढी गम्भीर छ । 

    तर उनको सारा प्रयत्नका बाबजुत केही सांसदहरू आफ्नो अडानमा कायम रहेका थिए र उनीहरूले एकीकृत समाजवादीको गठन गरे । ती सांसदहरूलाई खारेज गराउन सके अहिलेको गठबन्धन सरकार अल्पमतमा पर्दथ्यो र उनको मध्यावधि चुनावको उद्देश्य सफल हुन सक्दथ्यो । त्यसैले एकीकृत समाजवादीका चौध जना सांसदलाई खारेज गराउन उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् भने त्यही कारणलाई अगाडि सारेर संसदको बैठकलाई लगातार अवरुद्ध गर्ने प्रयत्न गरिरहेका छन् ।

    अहिले सर्वोच्च अदालतमा चलेको आन्दोलन वा प्रधानन्यायधीशको राजिनामालाई पनि उनीहरूले त्यही उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्न प्रयत्न गर्दै छन् । उनीहरूको उद्देश्य यो छ, सर्वोच्चमा चलेको आन्दोलन र प्रधानन्यायधीशको राजिनामाको मागका सन्दर्भमा कुनै तरिकाले उनलाई(प्रधानन्यायधीशलाई) आफ्नो पक्षमा लैजान सकेमा उनीद्वारा आफ्ना प्रतिगामी उद्देश्यहरूका पक्षमा फैसला गराउन सकिन्थ्यो । ओलीले त्यही योजना अन्तर्गत काम गरिरहेका छन् । उनको त्यो योजना सफल भएमा सम्पूर्ण देशको लागि नै घातक सावित हुनेछ ।

    घटनाक्रमको विकास एमाले वा ओलीले भने जस्तो हुँदै गयो र चुनावमा उनीहरूलाई बहुमत वा दुई तिहाई बहुमत प्राप्त भयो भने त्यसका दुईवटा परिणामहरू हुनेछन् । प्रथम, देश प्रतिगमनतिर जानेछ । द्वितीय, देशमा अधिनायकवादी वा फासिष्ट शासन कायम हुनेछ ।

    ओलीले दुई–दुई पल्ट संसदलाई विघटन गरेर देशलाई प्रतिगमन र फासिष्ट शासनतिर लैजान जुन प्रयत्न गरेका थिए, त्यसका विरुद्ध देशमा व्यापक जनमत तयार भएको थियो र शक्तिशाली आन्दोलन पनि उठेको थियो । त्यो जनमत उनका विरुद्ध नै गयो भने चुनावमा उनले खोजे जस्तो सफलता प्राप्त हुन सक्ने छैन र उनका प्रतिगामी र अधिनायकवादी सबै उद्देश्यहरू धराशयी हुनेछन् हुनु पनि पर्दछ । उनीहरूको महाधिवेशनको एउटा मुख्य उद्देश्य जनमतलाई आफ्नोतर्फ मोड्नु हो । त्यसैले चितवनको उनीहरूको उद्घाटन कार्यक्रममा व्यापक जनसमूहलाई उतार्ने योजना बनाइएको छ । उनीहरूको महाधिवेशन वास्तवमा एउटा देखावटी नाटक मात्र हो ।

    वास्तवमा त्यो महाधिवेशन नै होइन, किनभने त्यसमा संसारका कुनै पनि राजनीतिक पार्टी वा कम्युनिस्ट पार्टीहरूमा पनि अनिवार्य रूपले रहँदै आएको एउटा मुख्य ऐजण्डालाई नै हटाइएको छ, जस्तै कि नीति र कार्यक्रम सम्बन्धी छलफल । तैपनि त्यो महाधिवेशनमा व्यापक जनसमूहलाई उतार्ने प्रयत्न गर्नुको पछाडिको उद्देश्य जनमत तयार पार्नु मात्र हो । यो साँच्चिकै आश्चर्य र दुःखको कुरा हो, लामो राजनीतिक अनुभव भएका एमालेका नेता र कार्यकर्ताहरूले किन त्यस प्रकारको महाधिवेशनप्रति, जसको कुनै अर्थ र मूल्य छैन, समर्थन गरिरहेका छन् र त्यसमा सहभागी भइरहेका छन् ? उनीहरूले कति ठूलो गल्ती गरिरहेका छन् ? कुनै दिन इतिहासले उनीहरूलाई बताउने छ ।

    वास्तवमा त्यो महाधिवेशन नै होइन, किनभने त्यसमा संसारका कुनै पनि राजनीतिक पार्टी वा कम्युनिस्ट पार्टीहरूमा पनि अनिवार्य रूपले रहँदै आएको एउटा मुख्य ऐजण्डालाई नै हटाइएको छ, जस्तै कि नीति र कार्यक्रम सम्बन्धी छलफल ।

    एमालेको लागि पाँच दलीय गठबन्धन वास्तवमा एउटा ठूलो समस्या भएको छ । त्यो गठबन्धनका कारणले नै विघटित संसदको पुनस्र्थापना भएको थियो र ओली सरकार अपदस्थ पनि भएको थियो । त्यो गठबन्धन चुनावसम्म पनि कायम रहेमा त्यसले नै ओलीलाई हराउने र उनका प्रतिगामी र अधिनायकवादी सपनाहरूलाई पनि असफल पार्ने सामथ्र्य राख्दछ । देशमा पाँच दलीय गठबन्धन बाहेक ओलीलाई चुनौति दिन सक्ने अर्को शक्ति देशमा छैन । त्यसैले ओलीले त्यसमाथि सबैभन्दा बढी हमला गरिरहेका छन् । उनको हमलाको प्रकृति पनि अत्यन्तै निम्नस्तरको र अराजनीतिक प्रकारको छ । उनका भाषणहरूमा राजनीतिक कम हुन्छ र व्यक्तिगत प्रकारका गालीगलौज र आक्षेपहरू नै बढी हुन्छन् । तर त्यस प्रकारका भाषणहरूमा पनि उनका कार्यकर्ताहरूले ताली बजाउँछन् ।

    निश्चय नै त्यसको कारण यो हो कि एमालेमा लामो समयदेखि कार्यकर्ताहरूलाई सैद्धान्तिक र राजनीतिक प्रकारले होइन, सिद्धान्तहीन र अराजनीतिक तरिकाले प्रशिक्षण गर्ने काम गरिएको छ । त्यस प्रकारको प्रशिक्षणको कारणले नै उनीहरूका नेता बन्न पुगेका छन् । तर त्यसको परिणाम देशका लागि कति घातक हुनेछ ? इतिहासले नै त्यो कुरा बताउने छ ।

    ओलीको आक्रमणबाट ता पाँचदलीय गठबन्धन टुट्ने छैन तर स्वयम् त्यसभित्रका कमजोरीहरूको कारणले वा त्यसभित्रका अन्तर्विरोधहरूको कारणले टुट्ने ता होइन ? त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । यदि पाँच दलीय गठबन्धनका सबै नेता र कार्यकर्ताहरूले त्यो गठबन्धनको भूमिका र दायित्वलाई राजनीतिक प्रकारले ठीकसित बुझ्न सके भने, खास गरेर ओलीको नेतृत्वमा देशमा बढ्दै गएको प्रतिगमन र फासिष्ट शासनको खतरा तथा त्यसका विरुद्धको सङ्घर्षको ऐतिहासिक आवश्यकतालाई ठीकसित बुझ्न सके भने गठबन्धन अवश्य पनि आफ्नो ऐतिहासिक भूमिका खेल्न सफल हुनेछ ।

    एमालेमा लामो समयदेखि कार्यकर्ताहरूलाई सैद्धान्तिक र राजनीतिक प्रकारले होइन, सिद्धान्तहीन र अराजनीतिक तरिकाले प्रशिक्षण गर्ने काम गरिएको छ ।

    तर अहिले उनीहरूमा पहिलेदेखि चल्दै आएका विभिन्न प्रकारका अन्तर्विरोधहरू वा चुनावको बेलामा सम्भावित प्रतिस्पर्धालाई नै मुख्य बनाएर आपसमा सङ्घर्ष थाले भने गठबन्धन कमजोर हुनेछ वा टुट्ने छ । त्यसको फाइदा तात्कालिक रूपमा प्रतिगमनलाई पुग्ने छ र अन्तमा त्यसबाट सम्भावित दुष्परिणामहरूलाई सम्पूर्ण देशले भोग्नुपर्ने छ । त्यस्तो हुन नदिन गठबन्धनका पक्षधर सबै राजनीतिक शक्तिहरूको बीचमा उच्च प्रकारको राजनीतिक सतर्कता र दूरदर्शिताको आवश्यकता छ ।

    ओलीको नेतृत्वमा देश कसरी प्रतिगमनतिर जानेछ । त्यसका लक्षणहरू अहिलेदेखि नै देखा पर्न थालेका छन् । तिनीहरू मध्ये ३ वटा लक्षणहरू उल्लेखनीय छन् । प्रथम, ओलीको हिन्दूकरणको दिशामा अग्रसरता र, द्वितीय उनको राजावादीहरूसित र, तृतीय, भारतका कट्टर हिन्दूवादी शासकवर्गहरूसित बढिरहेको साँठगाँठ । ती लक्षणहरूले यो कुराको आभाष दिन्छन् कि ओलीको नेतृत्वमा देश धर्मनिरपेक्षताबाट हटेर हिन्दू राष्ट्रतिर तथा गणतन्त्रबाट हटेर राजतन्त्रतिर जानेछ ।

    त्यसरी जनताको महान् आन्दोलन तथा त्याग र बलिदानद्वारा प्राप्त उपलब्धिहरू समाप्त हुने छन् । त्यो अर्थमा ती उपलब्धिहरू प्राप्त गर्नका लागि हामीले अर्को पचास वर्ष सङ्घर्ष गर्नुपर्ने छ । त्यसरी हामीले नयाँ पुस्ताका काँधमा एउटा ठूलो भारी बोकाएर जानेछौँ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षता समाप्त गर्नको लागि करिब १२ वर्षदेखि अभियान चलाइरहेका छन् । अब ओलीको नेतृत्वमा एमाले राजावादीहरूसँग मिल्न जाँदैछ । राजावादी र ओलीको नेतृत्वमा देखा पर्न थालेको प्रतिगमनको त्यो खतरालाई भारतीय साम्राज्यवादले समर्थन गरिरहेको छ । त्यसैले अहिले देखा परिरहेको प्रतिगमनको त्यो खतरा ०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुनेछ । तर त्यो खतरालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।

    राजावादी र ओलीको नेतृत्वमा देखा पर्न थालेको प्रतिगमनको त्यो खतरालाई भारतीय साम्राज्यवादले समर्थन गरिरहेको छ । त्यसैले अहिले देखा परिरहेको प्रतिगमनको त्यो खतरा ०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुनेछ । तर त्यो खतरालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।

    कुरा माथि जे भनियो, त्यो भन्दा कैयौँ गुणा गम्भीर छ । ओलीको नेतृत्वमा देश प्रतिगमनको दिशामा मात्र होइन, अधिनायकवाद वा फासिष्ट शासनको दिशामा जाने पनि गम्भीर खतरा छ । ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली पहिलेदेखि नै थाहा भएको कुरा हो । नेकपाभित्रको विवादको बेलामा उनले चरम प्रकारको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीको प्रदर्शन गरेका थिए । उनले त्यो बेला बहुमतको निर्णय नमान्ने जुन अभिव्यक्तिहरू दिएका थिए वा आफ्नो बहुमत हुन नसक्ने बैठकहरूमा नजाने जुन कार्यशैलीको प्रदर्शन गरेका थिए, त्यसले उनको चरम प्रकारको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैलीलाई नै बताउँछ । आफ्नो सङ्गठनमा अल्पमतमा पर्दै गएपछि उनले त्यस प्रकारको कार्यशैलीको प्रदर्शन गरेका थिए । त्यही कारणले नै नेकपामा फुट पनि भयो ।

    ओलीको त्यस प्रकारको कार्यशैली सरकार सञ्चालन र संसदमा पनि देखा प-यो । संसदमा अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनले संसदको नै विघटन गरे । पछि सर्वोच्च अदालतले विघटित संसदको पुनस्र्थापना गरेपछि पुनः त्यसलाई विजनेशविहीन बनाएर असफल पार्ने प्रयत्न गरे । बहुमत सांसदहरूले उनका विरुद्ध राष्ट्रपतिकहाँ समावेदन दिएपछि उनी अल्पमतमा परेको कुरा प्रष्ट भयो । त्यही पनि उनले राष्ट्रपतिद्वारा आफूलाई नै प्रधानमन्त्री बनाउन लगाएर रातारात संसदको विघटन गर्न लगाए । पछि सर्वोच्चले विघटित संसदको पुनस्र्थाप्ना ग¥यो र उनको सरकारलाई अपदस्थ ग¥यो । त्यसपछि उनले सर्वोच्च अदालतमाथि नै हमला गर्दै आएका छन् । उनले पुनस्थापना गरिएको संसदलाई पनि अवरुद्ध गरिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसले उनको चरम प्रकारको अधिनायकवादी शैलीलाई नै बताउँछ ।

    संसारमा कहीँ पनि र नेपालमा कुनै राजनीतिक पार्टीले पनि विधान महाधिवेशनको आयोजना गर्दैन । त्यो अधिवेशनको उद्देश्य आफ्नो संगठनमा उनलाई सर्वशक्तिसम्पन्न गराउनु नै थियो ।

    उनले पहिले एमालेको विधान महाधिवेशनको आयोजना गरे । संसारमा कहीँ पनि र नेपालमा कुनै राजनीतिक पार्टीले पनि विधान महाधिवेशनको आयोजना गर्दैन । त्यो अधिवेशनको उद्देश्य आफ्नो संगठनमा उनलाई सर्वशक्तिसम्पन्न गराउनु नै थियो । अहिले हुन लागेको महाधिवेशनमा पनि उनले उद्घाटन पछि नीति र कार्यक्रम सम्बन्धी ऐजण्डालाई काटेर सिधै निर्वाचनमा जाने कार्यक्रम बनाएका छन् । त्यसको उद्देश्य पनि आफूलाई सर्वशक्तिसम्पन्न वा तानाशाह बनाउनु नै हो ।

    यी कुराहरूबाट यो कुरामा कुनै शङ्का रहन्न कि चुनावमा उनले भने जस्तो दुई तिहाई बहुमत प्राप्त गरेमा उनेले देशमा फासिष्ट शासन नै कायम गर्ने छन् । उनको जोड चुनावमा दुई तिहाई बहुमत प्राप्त गर्नेतिर नै छ । त्यस प्रकारको बहुमत प्राप्त गरेमा उनले संविधानमा संशोधन गर्ने काम गर्ने छन् र देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने प्रयत्न गर्ने छन् । उनको त्यस प्रकारको प्रयत्नलाई असफल पार्नु अहिलेको ऐतिहासिक राजनीतिक आवश्यकता भएको छ ।

    बुधबार, मङि्सर ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.