राहुल पुन ##
म नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चालाई साङ्ख्यिक हिसाबले निर्णायक शक्ति नभए पनि सैद्धान्तिक, वैचारिक, राजनैतिक तथा राष्ट्रियता र जनजीविकाको सवालमा प्रष्ट आवाज उठाउने र स्पष्ट अडान लिने सानो तर दरिलो शक्तिको रूपमा लिन्छु किनभने आजसम्म जुन पार्टी र नेताले राज्यसत्ता सरकार चलाएका छन् र समग्र देशको जुन हालत छ, यसमा सन्तोष मान्न सकिने ठाउँ छैन । धेरैजसो राम्रा नेताहरूले चलाएको भए यो देश यति कमजोर हालतमा हुने थिएन भन्ने मेरो बुझाइ छ ।
आज यस पार्टीमा देखा परेको समानान्तर समिति निर्माण र पलायनले हामी जस्ता शुभचिन्तकलाई चिन्तित तुल्याएको छ । यस सन्दर्भमा एक प्रसङ्गलाई जोड्न सान्दर्भिक ठान्छु ।
बुटवल क्याम्पस पढ्दाको समय २०६५ साल आसपास हुनुपर्छ । साङ्गठनिक आबद्धता नरहे पनि शुभेच्छुकको हैसियतमा नीति, विचार, कार्यक्रम, नेता–कार्यकर्ताको बारेमा सकभर चासो दिन्थेँ । पत्रपत्रिका पढ्ने रुचि भएकाले बजारमा पाइने पत्रिका प्रायःजसो पढ्थेँ । ऊ बेला हाँक पत्रिका नै सबैभन्दा प्रिय लाग्थ्यो । अहिले पनि बेलाबखतमा हेर्ने गर्छु ।
वास्तवमा कम्युनिस्ट पार्टीको अनुशासनमा बस्नु बडो कठिन काम रहेछ । बुर्जुवा पार्टीहरूमा हेर्यौं भने अनुशासन मान्नु र नैतिक आचरणमा बस्नुपर्दैन । आफूखुसी बोल्न, नेतृत्वलाई गाली गर्न, गुटबन्दी गर्न पाइन्छ । पार्टीमा भ्रष्ट, माफिया, दलाल, तस्कर, गुण्डा यावत सबै खालका मानिस अटाउँछन्, तब पो पार्टी ठुलो बनिरहन्छ ! तथापि उनीहरू जनताको अवस्था बदल्न कदापि सक्दैनन् ।
मलाई यतिबेला ठ्याक्कै सम्झना त छैन, सायद मेचीकाली पत्रिका र लेखक ऋषि आजाद हो कि जस्तो लाग्छ, जसमा एउटा लेखमा लेखिएको थियो– “नेकपा (मसाल) कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कारखाना हो, जहाँबाट उत्पादित कार्यकर्ता अरू पार्टीलाई नै बढी काम लाग्छ । हरेक युवा एक समय मसालको क्रान्तिकारी विचारबाट प्रभावित र आकर्षित हुन्छन् तर उसको कडा अनुशासन तथा जड सङ्गठनात्मक प्रणालीका कारण टिक्न सक्दैनन् र पलायन हुन्छन् ।”
लेखमा भनिए झैँ खासगरी नेकपा (मसाल) स्थापना भएपछि आजसम्मको समयलाई नियाल्दा विभिन्न कारणले पार्टी छोड्नेको लामो सूची तयार हुन्छ । आम मानिसहरू जनमोर्चाका नेता र नीति राम्रो हुन्छन् तर सानो छ, त्यसैमाथि निरन्तर फुटिरहन्छ भन्ने गर्छन् ।
आखिर राष्ट्रिय जनमोर्चा किन मोटाउँदैन त ? किन तारन्तार फुटिरहन्छ ? सिद्धान्तनिष्ठ भएर उभिनु तर दुब्लाउँदै जानु लेखमा भनिए झैँ के कडा खालको अनुशासन प्रणाली भएरै हो त ? के खुकुलो प्रणाली अपनाएमा आकार बढ्ला त ? नेता–कार्यकर्ता पलायन नहोलान् त ? सोचनीय विषय छ ।
पार्टीले लामो समय लगाएर कार्यकर्ता तयार पार्ने तर अन्तमा पलायन भएर अरू पार्टीमा काम लाग्नु दुखद पक्ष हो । केन्द्रदेखि स्थानीय तहसम्म आफ्ना सदस्यको व्यवस्थापनमा ध्यान नदिएको त कसरी भन्न सकिन्छ र ? त्यसैले खुल्ला रूपमा पार्टी र नेतृत्वप्रति विषवमन गर्नु, गुटबन्दी गर्नु तथा अराजक बन्ने छुट कसैलाई हुँदैन । त्यसो गरिएमा बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीमा के फरक भयो र ?
वास्तवमा कम्युनिस्ट पार्टीको अनुशासनमा बस्नु बडो कठिन काम रहेछ । बुर्जुवा पार्टीहरूमा हेर्यौं भने अनुशासन मान्नु र नैतिक आचरणमा बस्नुपर्दैन । आफूखुसी बोल्न, नेतृत्वलाई गाली गर्न, गुटबन्दी गर्न पाइन्छ । पार्टीमा भ्रष्ट, माफिया, दलाल, तस्कर, गुण्डा यावत सबै खालका मानिस अटाउँछन्, तब पो पार्टी ठुलो बनिरहन्छ ! तथापि उनीहरू जनताको अवस्था बदल्न कदापि सक्दैनन् । यसलाई उनीहरू आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यास ठान्छन् । यता, कम्युनिस्ट पार्टीमा यी कुरा गर्न पाइँदैन । यसले अराजकता, भ्रम र विभाजन ल्याउँछ । त्यसैले लेखमा लेखिएको कडा अनुशासन भएमा पलायन भइरहने भए पनि जे जति बच्छन्, उनीहरू मजबुत हुन्छन् र पार्टी बलियो बन्छ ।
यहाँ एउटा बलियो प्रश्न उठ्न सक्छ : नेता–कार्यकर्ता नै सबै पलायन भएर सकिएपछि केको बलियो पार्टी ? जवाफमा अर्को गर्विलो प्रतिप्रश्न गर्न सकिन्छ : अनुशासनविहीन अराजक फुटपरस्त स्वार्थी गलत मानिसको भिड थुपारेर बन्छ कस्तो पार्टी ?
यहाँ एउटा बलियो प्रश्न उठ्न सक्छ : नेता–कार्यकर्ता नै सबै पलायन भएर सकिएपछि केको बलियो पार्टी ? जवाफमा अर्को गर्विलो प्रतिप्रश्न गर्न सकिन्छ : अनुशासनविहीन अराजक फुटपरस्त स्वार्थी गलत मानिसको भिड थुपारेर बन्छ कस्तो पार्टी ?
अहिले पार्टी, मोर्चा र देशविदेशका जनवर्गीय सङ्गठनमा जुन रूपमा विवाद देखिएका छन्, त्यो चाँडै नै सुल्झियोस् र पार्टी पुनः एकढिक्का भएर अगाडि बढोस् भन्ने हामी जस्ता सामान्य समर्थकको इच्छा रहने गर्दछ तर हाम्रो चाहनाले मात्रै कहाँ हुन्छ र ?
थोरै मतभेद हुँदैमा अलग्गिहाल्नु नपर्ने हो । नयाँ पार्टी बनाए पनि, अरू पार्टीमा गए पनि भिन्न भिन्न मत त स्वतः आइहाल्छन् नि ! अल्पमत बहुमतको अधिनमा रहनैपर्छ । होइन भने त हरेक निर्णयमा एकमत नहुन सक्छ अनि अल्पमत पक्ष निरन्तर फुटिरहने कहिलेसम्म ? समय विकासक्रमसँगै विचार मिल्न पनि त सक्छ ।
यहाँनेर एउटा कुरा पक्का हो कि नेतृत्व र नेताहरूको देवत्वकरण र दानवीकरण दुबै हानिकारक अतिवादी सोच हुन् । एउटा सहयात्री कमरेडलाई थोरै मन मिल्दैमा देवता र नमिल्दैमा दानव सम्झिनु सामन्ती चिन्तनको अवशेष हो । सैद्धान्तिक, वैचारिक, राजनैतिक, दीर्घकालीन तथा रणनैतिक लक्ष्यमा दुवैतर्फ छुट्टिइहाल्नुपर्ने त्यति धेरै ठुलो खाडल छ जस्तो मलाई लाग्दैन । कार्यनीतिको सवालमा बहुमतकै निर्णय मान्नुबाहेक अरू विकल्प र सुविधा छैन ।
वार्तालापमार्फत समस्या हल गर्ने जुन प्रयास चलिरहेको छ, त्यसले सार्थकता पाओस् । तुष पालेर वा छुट्टाछुट्टै भान्सा चलाएर कसैलाई फाइदा छैन ।
अन्तमा, वार्तालापमार्फत समस्या हल गर्ने जुन प्रयास चलिरहेको छ, त्यसले सार्थकता पाओस् । तुष पालेर वा छुट्टाछुट्टै भान्सा चलाएर कसैलाई फाइदा छैन । आगामी दिनमा पनि फरक मत निश्चित रूपमा आउने छन् । पार्टी नफुटोस् । पार्टी एक बनी आमूल परिवर्तन र नौलो जनवादी क्रान्तिको पक्षमा लागिरहोस् भन्ने कामना ।
हामी शुभचिन्तक केवल कामना मात्रै त गर्न सक्छौँ ।