• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कार्यनीतिको सवालमा बहुमतकै निर्णय मान्नुबाहेक अरू विकल्प र सुविधा छैन


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • राहुल पुन ##
    म नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चालाई साङ्ख्यिक हिसाबले निर्णायक शक्ति नभए पनि सैद्धान्तिक, वैचारिक, राजनैतिक तथा राष्ट्रियता र जनजीविकाको सवालमा प्रष्ट आवाज उठाउने र स्पष्ट अडान लिने सानो तर दरिलो शक्तिको रूपमा लिन्छु किनभने आजसम्म जुन पार्टी र नेताले राज्यसत्ता सरकार चलाएका छन् र समग्र देशको जुन हालत छ, यसमा सन्तोष मान्न सकिने ठाउँ छैन । धेरैजसो राम्रा नेताहरूले चलाएको भए यो देश यति कमजोर हालतमा हुने थिएन भन्ने मेरो बुझाइ छ ।

    Advertisement

    आज यस पार्टीमा देखा परेको समानान्तर समिति निर्माण र पलायनले हामी जस्ता शुभचिन्तकलाई चिन्तित तुल्याएको छ । यस सन्दर्भमा एक प्रसङ्गलाई जोड्न सान्दर्भिक ठान्छु ।

    बुटवल क्याम्पस पढ्दाको समय २०६५ साल आसपास हुनुपर्छ । साङ्गठनिक आबद्धता नरहे पनि शुभेच्छुकको हैसियतमा नीति, विचार, कार्यक्रम, नेता–कार्यकर्ताको बारेमा सकभर चासो दिन्थेँ । पत्रपत्रिका पढ्ने रुचि भएकाले बजारमा पाइने पत्रिका प्रायःजसो पढ्थेँ । ऊ बेला हाँक पत्रिका नै सबैभन्दा प्रिय लाग्थ्यो । अहिले पनि बेलाबखतमा हेर्ने गर्छु ।

    वास्तवमा कम्युनिस्ट पार्टीको अनुशासनमा बस्नु बडो कठिन काम रहेछ । बुर्जुवा पार्टीहरूमा हेर्यौं भने अनुशासन मान्नु र नैतिक आचरणमा बस्नुपर्दैन । आफूखुसी बोल्न, नेतृत्वलाई गाली गर्न, गुटबन्दी गर्न पाइन्छ । पार्टीमा भ्रष्ट, माफिया, दलाल, तस्कर, गुण्डा यावत सबै खालका मानिस अटाउँछन्, तब पो पार्टी ठुलो बनिरहन्छ ! तथापि उनीहरू जनताको अवस्था बदल्न कदापि सक्दैनन् ।

    मलाई यतिबेला ठ्याक्कै सम्झना त छैन, सायद मेचीकाली पत्रिका र लेखक ऋषि आजाद हो कि जस्तो लाग्छ, जसमा एउटा लेखमा लेखिएको थियो– “नेकपा (मसाल) कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्ने कारखाना हो, जहाँबाट उत्पादित कार्यकर्ता अरू पार्टीलाई नै बढी काम लाग्छ । हरेक युवा एक समय मसालको क्रान्तिकारी विचारबाट प्रभावित र आकर्षित हुन्छन् तर उसको कडा अनुशासन तथा जड सङ्गठनात्मक प्रणालीका कारण टिक्न सक्दैनन् र पलायन हुन्छन् ।”

    लेखमा भनिए झैँ खासगरी नेकपा (मसाल) स्थापना भएपछि आजसम्मको समयलाई नियाल्दा विभिन्न कारणले पार्टी छोड्नेको लामो सूची तयार हुन्छ । आम मानिसहरू जनमोर्चाका नेता र नीति राम्रो हुन्छन् तर सानो छ, त्यसैमाथि निरन्तर फुटिरहन्छ भन्ने गर्छन् ।

    आखिर राष्ट्रिय जनमोर्चा किन मोटाउँदैन त ? किन तारन्तार फुटिरहन्छ ? सिद्धान्तनिष्ठ भएर उभिनु तर दुब्लाउँदै जानु लेखमा भनिए झैँ के कडा खालको अनुशासन प्रणाली भएरै हो त ? के खुकुलो प्रणाली अपनाएमा आकार बढ्ला त ? नेता–कार्यकर्ता पलायन नहोलान् त ? सोचनीय विषय छ ।

    पार्टीले लामो समय लगाएर कार्यकर्ता तयार पार्ने तर अन्तमा पलायन भएर अरू पार्टीमा काम लाग्नु दुखद पक्ष हो । केन्द्रदेखि स्थानीय तहसम्म आफ्ना सदस्यको व्यवस्थापनमा ध्यान नदिएको त कसरी भन्न सकिन्छ र ? त्यसैले खुल्ला रूपमा पार्टी र नेतृत्वप्रति विषवमन गर्नु, गुटबन्दी गर्नु तथा अराजक बन्ने छुट कसैलाई हुँदैन । त्यसो गरिएमा बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीमा के फरक भयो र ?

    वास्तवमा कम्युनिस्ट पार्टीको अनुशासनमा बस्नु बडो कठिन काम रहेछ । बुर्जुवा पार्टीहरूमा हेर्यौं भने अनुशासन मान्नु र नैतिक आचरणमा बस्नुपर्दैन । आफूखुसी बोल्न, नेतृत्वलाई गाली गर्न, गुटबन्दी गर्न पाइन्छ । पार्टीमा भ्रष्ट, माफिया, दलाल, तस्कर, गुण्डा यावत सबै खालका मानिस अटाउँछन्, तब पो पार्टी ठुलो बनिरहन्छ ! तथापि उनीहरू जनताको अवस्था बदल्न कदापि सक्दैनन् । यसलाई उनीहरू आन्तरिक लोकतन्त्रको सुन्दर अभ्यास ठान्छन् । यता, कम्युनिस्ट पार्टीमा यी कुरा गर्न पाइँदैन । यसले अराजकता, भ्रम र विभाजन ल्याउँछ । त्यसैले लेखमा लेखिएको कडा अनुशासन भएमा पलायन भइरहने भए पनि जे जति बच्छन्, उनीहरू मजबुत हुन्छन् र पार्टी बलियो बन्छ ।

    यहाँ एउटा बलियो प्रश्न उठ्न सक्छ : नेता–कार्यकर्ता नै सबै पलायन भएर सकिएपछि केको बलियो पार्टी ? जवाफमा अर्को गर्विलो प्रतिप्रश्न गर्न सकिन्छ : अनुशासनविहीन अराजक फुटपरस्त स्वार्थी गलत मानिसको भिड थुपारेर बन्छ कस्तो पार्टी ?

    यहाँ एउटा बलियो प्रश्न उठ्न सक्छ : नेता–कार्यकर्ता नै सबै पलायन भएर सकिएपछि केको बलियो पार्टी ? जवाफमा अर्को गर्विलो प्रतिप्रश्न गर्न सकिन्छ : अनुशासनविहीन अराजक फुटपरस्त स्वार्थी गलत मानिसको भिड थुपारेर बन्छ कस्तो पार्टी ?

    अहिले पार्टी, मोर्चा र देशविदेशका जनवर्गीय सङ्गठनमा जुन रूपमा विवाद देखिएका छन्, त्यो चाँडै नै सुल्झियोस् र पार्टी पुनः एकढिक्का भएर अगाडि बढोस् भन्ने हामी जस्ता सामान्य समर्थकको इच्छा रहने गर्दछ तर हाम्रो चाहनाले मात्रै कहाँ हुन्छ र ?

    थोरै मतभेद हुँदैमा अलग्गिहाल्नु नपर्ने हो । नयाँ पार्टी बनाए पनि, अरू पार्टीमा गए पनि भिन्न भिन्न मत त स्वतः आइहाल्छन् नि ! अल्पमत बहुमतको अधिनमा रहनैपर्छ । होइन भने त हरेक निर्णयमा एकमत नहुन सक्छ अनि अल्पमत पक्ष निरन्तर फुटिरहने कहिलेसम्म ? समय विकासक्रमसँगै विचार मिल्न पनि त सक्छ ।

    यहाँनेर एउटा कुरा पक्का हो कि नेतृत्व र नेताहरूको देवत्वकरण र दानवीकरण दुबै हानिकारक अतिवादी सोच हुन् । एउटा सहयात्री कमरेडलाई थोरै मन मिल्दैमा देवता र नमिल्दैमा दानव सम्झिनु सामन्ती चिन्तनको अवशेष हो । सैद्धान्तिक, वैचारिक, राजनैतिक, दीर्घकालीन तथा रणनैतिक लक्ष्यमा दुवैतर्फ छुट्टिइहाल्नुपर्ने त्यति धेरै ठुलो खाडल छ जस्तो मलाई लाग्दैन । कार्यनीतिको सवालमा बहुमतकै निर्णय मान्नुबाहेक अरू विकल्प र सुविधा छैन ।

    वार्तालापमार्फत समस्या हल गर्ने जुन प्रयास चलिरहेको छ, त्यसले सार्थकता पाओस् । तुष पालेर वा छुट्टाछुट्टै भान्सा चलाएर कसैलाई फाइदा छैन ।

    अन्तमा, वार्तालापमार्फत समस्या हल गर्ने जुन प्रयास चलिरहेको छ, त्यसले सार्थकता पाओस् । तुष पालेर वा छुट्टाछुट्टै भान्सा चलाएर कसैलाई फाइदा छैन । आगामी दिनमा पनि फरक मत निश्चित रूपमा आउने छन् । पार्टी नफुटोस् । पार्टी एक बनी आमूल परिवर्तन र नौलो जनवादी क्रान्तिको पक्षमा लागिरहोस् भन्ने कामना ।

    हामी शुभचिन्तक केवल कामना मात्रै त गर्न सक्छौँ ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.