काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई अब हाकिमले ‘तँ’ भन्न नपाउने भएका छन् । गृहमन्त्री बालकृष्ण खाणले जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री खाणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिनुभएको हो । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको बताउनुभयो ।
‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उहाँले भन्नुभयो, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन। ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ।’
मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए । होच्याएर, हेपेर आफू भन्दा तल्लो तहका कर्मचारीलाई तँ वा अन्य हेपाहा शब्द नबोल्न भनिएको हो ।