काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले मन्त्री बनेको तीन दिनमै राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री हमालले राजीनामा दिनुभएको हो ।
Advertisement
उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार मन्त्री हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गर्नुभएको छ ।
सांसद नरहेका हमाल २२ गते भएको मन्त्रिपरिषद विस्तारका क्रममा कांग्रेसबाट मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उहाँले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिनुभएको हो । उहाँ प्रधानन्यायाधीश राणाका जेठान हुनुहुन्छ ।