महेश रिजाल, दाङ ।
पूर्व जनमुक्ति सेनाका एक दम्पति राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन ।
Advertisement
दाङको विकट राजपुर गाउँपालिका वडा नं. ७ ऐराना बस्ने अर्जुन नेपाली र उहाँकी धर्मपत्नी सीता नेपाली राजमोमा प्रवेश गर्नुभएको हो ।
उहाँहरू दुवैलाई २०७८ असोज २१ गते राजपुर गाउँपालिका वडा नं. ५ जङ्ग्रहवामा आयोजित एक औपचारिक कार्यक्रममा राजमो दाङका उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजालले पार्टीमा प्रवेश गराउनुभएको हो ।
राजमो राजपुरका उपाध्यक्ष दिलबहादुर घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजमो राजपुरका नेताहरू रनबहादुर बुढा (सुनिल), औटे घर्ती (अनिल), जितबहादुर खड्का र तुलसिंह खड्कासमेतको उपस्थिति रहेको थियो ।