शङ्करप्रसाद पोख्रेल, तमघास ।
गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर १ रामबारीमा राष्ट्रिय जनमोर्चा आयोजनामा मसाल जुलुस सम्पन्न भएको छ ।
Advertisement
नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरको नेतृत्वमा र राजमो सत्यवती गाउँपालिका–२ अध्यक्ष राजु कुँवरको उपस्थितमा २०७८ असोज २२ गते मसाल जुलुस अगाडि बढेको थियो ।
दर्जनौँ युवाहरूको उपस्थिति रहेको सो जुलुसमा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले एमसिसी सम्झौता खारेज गर, सङ्घीयता खारेज गर, नयाँ जनवादी क्रान्ति जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावादलगायतका नारा लगाएका थिए ।
उक्त जुलुस कोणसभामा परिणत भएपछि त्यसलाई नेकपा (मसाल) गुल्मी जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले सम्बोधन गर्नुभएको थियो ।