काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । ‘राष्ट्रियताको रक्षा र मौलिक आन्दोलनका लागि हाम्रो आन्दोलन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २२ औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ बुटवलमा सम्मेलन सुरु भएको हो ।
बुटवलको बेलबास चोकस्थित अर्घाखाँची पार्टी प्यालेसको हलमा कार्यक्रम सञ्चालन हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्दै हुनुहुन्छ । उद्घाटन सत्रमा नेकपा (मसाल) सम्बद्ध जनवर्गीय संगठन तथा विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुहरुले शुभकामना दिने कार्यक्रम रहेको अखिल (छैठौं) का सचिव सुवाश जिसिले जानकारी दिनुभयो ।
आज उद्घाटन सत्रको कार्यक्रम सकिएपछि बन्दसत्रको कार्यक्रम सञ्चालन गरिने छ । बन्दसत्रमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन पेश हुने छ । यस्तै, सम्मेलनले विशेष प्रस्तावहरु पनि पारित गर्ने छ।
तीन दिनसम्म चल्ने सम्मेलन असोज २४ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । सम्मेलनमा देशभरबाट करिब ३०० प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको छ ।
यो पनि :
‘विचारविहीनता विद्यार्थी आन्दोलनको मुख्य समस्या हो’
‘राष्ट्रिय सम्मेलनमा उत्साहजनक सहभागिता रहन्छ’
‘सरकारले धम्की दिँदैमा अखिल (छैठौं) हातमा दही जमाएर बस्दैन’