धनगढी । रक्तिम सांस्कृतिक अभियानको सुदूर पश्चिम प्रदेश समिति गठन भएको छ ।
Advertisement
केन्द्रीय सचिव हेमराज पुनको प्रमुख आतिथ्यतामा २०७८ असोज २० गते सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
भेलाले बाबुराम आचार्य (कैलाली) को अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कुन्ती पाण्डे (कैलाली), सचिवमा अन्जु मास्के (कैलाली) र कोषाध्यक्षमा क्रान्ति चौधरी (कञ्चनपुर) रहनुभएको छ ।
त्यस्तै, सदस्यमा लक्ष्मी चौधरी (कञ्चनपुर), नरेन्द्र गिरी (कैलाली), मेरजङ्ग शाही (कैलाली), कल्पना भण्डारी (बझाङ), हिक्मत परियार (डडेलधुरा) रहनुभएको छ भने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
त्यस्तै, भेलाले लक्ष्मी न्यौपाने (कैलाली) र मन्जु आचार्य (कन्चनपुर) लाई सल्लाहकारमा चयन गरेको छ ।