दिनेश रैदास, दाङ ।
अखिल (छैठौं) दाङको सोह्रौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सङ्गठनका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते घोराहीमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनलाई प्रमुख अतिथि कुँवरले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रघाती एमसिसी विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।
सम्मेलनमा अखिल नेपाल युवक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङका अध्यक्ष टीका विक, अखिल (छैठौं) का केन्द्रीय सदस्य वसन्त आचार्य, अखिल नेपाल युवक सङ्घका दाङ जिल्ला सदस्य डोरबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रामबहादुर जिएम, अखिल (छैठौं) लुम्बिनी प्रदेश सदस्य रिसव आचार्य, अखिल नेपाल महिला सङ्घ दाङ जिल्लाध्यक्ष पूर्णिमा आचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी बन्दसत्र रिसव आचार्य, वसन्त आचार्य र यमसरी घर्तीको अध्यक्षतामा सम्पन्न भई त्यसमा राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भयो ।
सम्मेलनले लक्ष्मण विकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरिता पुन, सचिवमा दिनेश रैदास, सहसचिवमा गौतम चौधरी र कोषाध्यक्षमा सुनिता आचार्य रहनुभएको छ ।
त्यस्तै, सदस्यमा तिर्सन केसी, सुष्मा चौधरी, हेमन्त जिसी, निर्मला खनाल, शिव बन्जाडे, तुलसीराम भट्टराई, प्रतिक्षा भण्डारी, सृजना जिसी रहनुभएको छ भने दुई स्थान रिक्त रहेको छ ।
त्यसैगरी वैकल्पिक सदस्यमा सङ्गिता विक, भूमा बुढा, केशरी शर्मा र एक स्थान रिक्त रहेको छ ।
सम्मेलन ध्रुव बेल्बासेको अध्यक्षता, लक्ष्मण विकको सञ्चालन तथा सरिता पुनको स्वागत मन्तव्य रहेको थियो ।

