काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले सङ्घीयता र एमसिसीको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य लालबहादुर थापाको प्रमुख आतिथ्यतामा २०७८ असोज १६ गते शान्तिवाटिकामा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले सङ्घीयता र एमसिसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा पञ्चशील र असंलग्नतामाथि आधारित स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने बताउनुभयो ।
उहाँले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताउँदै त्यसका लागि देशभक्त तथा जनतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सचिव चूडामणि भुसाल र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँ महानगर समितिकी अध्यक्ष ऋतु केसीले र सञ्चालन जातीय समता समाजका महासचिव भक्त विकले गर्नुभएको थियो ।
