प्युठान । ‘गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, संघीयताको खारेजी गरौं’ भन्ने मूल नारा सहित राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ । शुक्रबार राजमो स्वर्गद्वारी नगर समितको आयोजनामा भिङ्ग्रीमा विरोध सभा सम्पन्न भएको हो ।
राजमो जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको प्रमुख आतिथ्यतामा भएको विरोध सभामा जिल्ला सचिवालय सदस्य तथा स्वर्गद्वारी नगरपालिका –२ का वडा अध्यक्ष मिनराज राना, जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिका–६ का वडा अध्यक्ष गिरबहादुर गुरुङ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर सभापति जुगराज राहु लगायतले सम्बोधन गर्नुभएको थियो ।
राजमो स्वर्गद्वारी नगर अध्यक्ष इन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव गंगाराम बिसी तथा स्वागत दामोदर अधिकारीले गर्नु भएको थियो ।
विरोध सभामा अखिल नेपाल महिला संघका जिल्ला सदस्य सुमि गुरुङ, अखिल (छैठौ) का जिल्ला सदस्य लक्ष्मण पुनको समेत आतिथ्यता रहेको थियो ।