रौतहट । राष्ट्रिय जनमोर्चाले रौतहटको विभिन्न स्थानमा संगठनात्म अभियानलाई तिब्र पारेको छ । मंगलबार राजपुर नगरपालिका– ६ को धुनीयामा वडा समिति गठन भएको हो ।
Advertisement
समितिको अध्यक्षमा मोखतार मियाँ, उपाध्यक्ष घोघर खान,सचिव शेख मोस्ताक, सहसचिव ओजिर मसुरी र कोषाध्यक्षमा सदिना खातुन चयन हुनुभएको छ । सदस्यहरुमा बसिर मियाँ, कलाम मसुरी, सफि महमद, शेख साहेब, समिना खातुन, जोबैदि खातुन र सिरमिखा खातुन रहनुभएको छ ।

बिशेष अथिती राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष तथा प्रदेश नम्बर २ का सदस्य हरिकिशोर महतो र जिल्ला सदस्य नेकमहमद देवानले भेला सफलताको शुभकामना दिनुभएको थियो ।