रिसभ आचार्य, तौलिहवा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कपिलवस्तुको अठाह्रौँ जिल्ला सम्मेलन २०७८ असोज ९ गते सम्पन्न भएको छ ।
सम्मेलनलाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष कुँवरले राष्ट्रघाती एमसिसी विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो ।
त्यस्तै, उहाँले शैक्षिक निजीकरण, व्यापारीकरणका विरुद्ध विद्यार्थीहरूले आवाज बुलन्द गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
देशमा जरो गाडेर बसे रूढीवादी प्रथा, अन्धविश्वास जस्ता कुप्रथाको अन्त्य अब विद्यार्थीबाट नै सम्भव रहेको तर्क उहाँको थियो ।
सम्मेलनमा विशिष्ट अतिथि अखिल (छैठौं) लुम्बिनी प्रदेशका अध्यक्ष सुरेश आचार्य, अन्य अतिथिहरू राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैलगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
शुभकामना मन्तव्य राख्ने वक्ताहरूले अब सम्पूर्ण विद्यार्थी अखिल (छैठौं) मा आबद्ध भएर विद्यार्थीको हक–अधिकार प्राप्तिका निम्ति लड्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष नरबहादुर घर्ती, रक्तिम सांस्कृतिक अभियानका जिल्लाध्यक्ष मनबहादुर नेपाली, अखिल नेपाल महिला सङ्घकी जिल्लादस्य ईश्वरा पुन, रक्तिम शिवराज नगरका अध्यक्ष बेगम बुढालगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनले सन्जिला बुढामगरको अध्यक्षतामा नौ पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उषा केवट, सचिवमा टिना अदै, सहसचिवमा विनोद चौधरी र कोषाध्यक्षमा मिलन उपाध्याय रहनुभएको छ ।
त्यस्तै, सदस्यमा अस्मिता आचार्य, भारती भण्डारी, माधवी खड्का, सरोज रोका तथा वैकल्पिक सदस्यमा नवीन बुढा र सुस्मिता विक चयन हुनुभएको छ भने सम्मेलनले रिसव आचार्य, निशान रजाली र किरण खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले सपथ ग्रहण गराउनुभएपछि समितिको तर्फबाट अध्यक्ष सञ्जिला बुढाले प्रतिबद्धता जाहेर गर्नु भएको थियोे ।
नवनिर्वाचित समितिलाई राजमो कपिलवस्तु जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले बधाइ तथा शुभकामना दिनुभएको थियो ।
सम्मेलनले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरेको छ ।
सन्जिला बुढाको स्वागत मन्तव्य र निवर्तमान जिल्लाध्यक्ष रिसव आचार्यको अध्यक्षतामा अघि बढेको कार्यक्रमको सञ्चालन टिना अदैले गर्नुभएको थियो ।
सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको प्रस्तुतिसमेत रहेको थियो ।