सुर्खेत । राष्ट्रिय जनमोर्चा गुल्मी दरबार गाउँपालिका–२ का उपाध्यक्ष जय बहादुर सलामीको अन्तिम संस्कार गरिएको छ। उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ८ निवासी सलामीको यही असोज ४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । उहाँको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा निधन भएको थियो ।
सुर्खेतको चौकुनेमा बुधबार अन्त्येष्टि गर्नुअघि राष्ट्रिय जनमोर्चा चौकुने गाउँ समितिका सचिव भुपेन्द्र जोशीले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रक ट गर्नुभयो । त्यसक्रममा राजमो नेता–कार्यकर्ता, आफन्त र स्थानीयको उपस्थिति थियो ।
भारतमा लामो समयसम्म मजदुरी गरेका सलामी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वराष्ट्रिय परिषद् सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ राजमोका एक इमान्दार र निष्ठावान् कार्यकर्ता हुनुहुन्थ्यो ।