दाङ । राष्ट्रिय जनमोर्चा, दाङले राजपुर एरिया अन्तर्गत वार्ड नं ४ कमिटीका सदस्य दीपेन्द्र चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
राजमो दाङका उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजालले आइतबार विज्ञप्ति प्रकाशित गरी चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
चौधरीको सडक दुर्घटनामा परी गएको भदौ ३० गतेका दिन २७ वर्षको उमेरमा निधन भएको थियो ।
दिवंगत दीपेन्द्र पार्टीको एक कर्मठ, अनुशासित, कर्तव्यनिष्ट, परिवार लगायत समाजमा अत्यन्तै लोकप्रिय र पार्टीको नीति प्रति दृढ व्यक्ति रहेको राजमो नेता रिजालले बताउनुभएको छ ।
‘कलिलो उमेरमै परिवार, पार्टी र समाजका लागि उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँको अधुरो सपना हामीले पूरा गर्ने अठोट गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनले परिवार, पार्टी र समाजलाई नभई देशलाई नै अपूरणीय क्षति भएको छ।