नेपालगञ्ज । बाँकेमा क्रियाशील नेकपा (मसाल) सहित ८ राजनीतिक दलले भदौ ३१ गते एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन्।
Advertisement
सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी ८ दलले एमसीसीको खारेजी, सीमा अतिक्रमण , कालाबजारी, महंगी, भ्रष्टाचार, तस्करी रोक्न तथा जनजिविकाका सवालहरुलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएका छन् ।
नेपालगन्जमा हुने जनप्रदर्शन सहितको विरोध सभामा सहभागीताका लागि ८ राजनीतिक दलले सम्पूर्ण उद्द्योगी व्यापारी, बुद्धिजीवी, कर्मचारी पत्रकार, किसान, मजदुर लगायत सबैसँग आग्रह गरेका छन्।
