काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को विरोधको कारण प्रतिनिधि सभाको २०७८ भदौ २५ गतेको बैठक१५ मिनेटका लागि स्थगित भएको छ ।
Advertisement
प्रतिपक्षी एमालेका सांसदहरूले संसदको मर्यादा कायम गर्नुपर्ने लगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा सभामुख अग्निप्रसाद सापकोटाले सहज रूपमा सदन चल्ने वातावरण निर्माण गर्न पटक पटक अनुरोध गर्नुभयो ।
सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली कार्यान्वयन गर्ने दायित्व सबैको रहेको र जनताको प्रतिनिधिमूलक थलो संसदमा आफ्ना धारणा, दृष्टिकोण राख्ने अवसर प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि पनि नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयो ।